मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘फिरफिरे’बाट जन्मिएको ‘फिर्के’

, काठमाण्डौ, 2018/01/02
नाटककार सेक्सपियरले भनेका थिए, ‘नाममा त्यस्तो के राखेको छ ?’ तर, नेपाली फिल्मकर्मी ठान्छन्, ‘जे छ, नाममै छ ।’ त्यसैले एउटा फिल्मको नाम जुराउन उनीहरू महिनौं लगाउँछन् । नेपाली फिल्मका निर्माताका लागि फिल्मको नाम राख्नु टाउको दुखाइको विषय बन्ने गरेको छ । आकर्षक, ‘क्याची’ र बिकाउ नामका लागि उनीहरू धेरै समय मात्र लाउँदैनन्, ज्योतिषको साहारा समेत लिने गर्छन् ।
 
यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘फिर्के’को नाम जुराउन पनि निर्माता तथा कलाकार सुलेमान शंकर ‘ईकु’लाई राम्रै सकस परेको थियो । कथा तयार भएपनि उनलाई ‘क्याची’ नाम राख्न महिनौं लाग्यो । अन्ततः उनले कथा अनुसारकै फिल्मको नाम भेटे ‘फिर्के’ । 
 
पत्रकारसँगको कुराकानीको क्रममा सुलेमान भने, ‘हामीले कथा तयार पारिसकेका थियौं । तर, नाम के राख्ने भनेर हामीले धेरै सोच्यौं र धेरै नाम पनि आए तर कथाअनुसार हामीले खोजेको नाम पाउन सकेका थिएनौं । यस्तैमा म भिनाजुको घरमा जाने क्रममा बुद्धिसागरको ‘फिरफिरे’ भन्ने पुस्तक देखेँ । त्यसपछि ‘फिरफिर’ नाम राख्ने कुरा आयो तर त्यो पनि उचित लागेन । यस्तैमा ‘फिर्के’ नाम मेरो दिमागमा जन्मियो ।’ 
 
 
उनी अगाडि भन्छन्, ‘फिर्के’को अर्थ धेरैवटा लाग्छ । जसरी गाउँघरबाट घुमाई-घुमाई शहरमा लैजानु अर्थात्, एउटा निचोडमा लैजानु हो ।’ फिल्मले गाउँबाट शहर पसेको एक यूवकको कथा बोल्छ । यो फिल्मका निर्देशक रवि डंगोल 'बेमान' हुन् । 
 
फिल्ममा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । 
 
फिल्ममा अभिमन्यू निरबीको लेखन रहेको छ । अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि. गुरुङको सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ ।