मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(132 votes, avg 4.98/5.00)
Text size:-
+
-

अनमोलको डान्स कति हिट ?

फिल्मीखबर, काठमाण्डौ, 2018/01/02
नेपाली हिरोहरूको कमजोर पाटो भनेको नृत्य पनि हो । उनीहरूलाई नृत्य गर्न आउँदैन भनेर धेरै आलोचना गरिन्छ । भारतीय र साउथ फिल्मका नायकहरुको नृत्यबाट आँखाको भोक मेटाएका दर्शकलाई अझैसम्म नेपाली नायकले पर्दामा ‘वाउ’ भन्ने नृत्य पस्कन सकेका छैनन् । प्रत्येक फिल्ममा नेपाली नायकको नृत्य शैली लगभग एकै किसिमको हुने गर्छ । 
 
एकसमय रमेश उप्रती, दीलिप रायमाझी, स्वर्गीय श्रीकृष्ण श्रेष्ठ लगायतका केही नायकलाई अभिनयसँगै नृत्यमा पनि अब्बल मानिन्थ्यो । तर, केही वर्षयता नेपाली फिल्ममा भित्रिएका नायकको पर्दामा सबैभन्दा ठूलो खोट दर्शकले नृत्यमा नै लगाउने गर्छन् । पछिल्लो समय नायक आर्यन सिग्देल र नायिका प्रियंका कार्कीको नृत्य केही रहरलाग्दो भएपनि अन्य कलाकारको कम्मर खासै मर्किन सकेका छैनन् । 
 
निखिल उप्रेती, विराज भट्ट, दयाहाङ राई, प्रदीप खड्का, सौगात मल्ल, पल शाह जस्ता नाम चलेका नायकको सबैभन्दा ठूलो कमजोरी भनेकै नृत्य हो । यो आरोपबाट नायक अनमोल केसी पनि टाढा रहन सकेका थिएनन् । उनलाई नृत्यमात्र होइन अभिनय समेत गर्न नआउने नायक भनेर धेरै चलचित्रकर्मी र दर्शकले आलोचना पनि गरेका छन् । उनलाई लगातार आफ्नो क्यूटनेश मात्र बेचिरहेको आरोप छ । 
 
तर, माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'कृ'का लागि भने अनमोलले सक्दो मिहिनेत गरेका छन्, जुन फिल्मको ट्रेलरबाट पनि धेरै प्रष्ट हुन्छ । फिल्मका लागि उनले डेढ वर्ष अन्य फिल्म साइन गरेनन्, 'कृ'का लागि सिक्स प्याक बनाए, जुँगा र कपाल बढाए । हालैमा फिल्ममा समावेश 'यति यति पानी' बोलको गीत सार्वजनिक भएको छ । 
 
यो गीतलाई युट्युबमा ४८ घन्टा नवित्दै १० लाख भन्दा बढीले हेरेका छन् । नेपालमा युट्युब ट्रेन्ड्रिङ तेश्रो नम्बरमा रहेको गीतले हालसम्म करिब १२ लाख भ्यूज पाएको छ । अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर, मिस्टर आरजेकै शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोलाई रेनशा वान्तवा राइले कोरियोग्राफी गरेकी हुन् । 
 
 
क्लब गीतमा अनमोलसँग झन्डै ३ सय जनाले एकसाथ नृत्य गरेका छन् । ट्रेलरबाटै गज्जबको तारिफ बटुेका अनमोलको फेरि यतिबेला नृत्यको वाहवाही सुरु हुन थालेको छ । 'कृ'बाट रोमान्टिकसँगै एक्सन हिरोको छवि बनाउन लागेका अनमोलले यो गीतबाट नृत्यमा पनि आफू अब्बल रहेको प्रमाणित गरेका छन् । सार्वजनिक गीतको भिडियोको सबैभन्दा आकर्षक पक्ष भनेकै अनमोलको नृत्य हो । उनी प्रत्येक स्टेपमा सजिलै मूभ भएका छन् । 
 
काहीँ पनि अनमोल जर्बजस्ती नाचिरहेको महशुस हुन्न । हुनत, कोरियोग्राफर रेनशा वान्तवा राइ यो तरिफको पहिलो हकदार हुन् । उनको कोरियोग्राफी भिडियोमा वजनदार देखिन्छ । अनमोललाई डान्सिङ गीतमा यसरी नचाउन सक्नु नै रेनशाको सफलता हो । रेनशाको मिहिनेतका कारण अनमोललाई अब नेपाली फिल्ममा राम्रो नृत्य पस्कन सक्ने अभिनेताको रुपमा हेरिन थालिएको छ । 
अनमोलको यस्तो नृत्य शैली दर्शकले यसअगाडिका फिल्ममा देखेका थिएनन् । युट्युबमा लाखौ भ्यू पाइरहेको यो गीतको कमेन्टमा धेरैले अनमोलको नृत्यको नै तारिफ गरेका छन् । 'अनमोललाई नाच्न पनि आउँछ ?' भन्ने प्रश्नलाई सायद 'यति यति पानी गीत'बाट अनमोलले गतिलै उत्तर दिएका छन् । 
 
युट्युबमा यो गीतलाई ३० हजार भन्दा बढी लाइक्स मिलेको छ । नेपाली फिल्मका कमै मात्र गीतले छोटो समयमा यो सफलता पाउने गरेका छन् ।
 
सरेन्द्र पौडेल निर्देशीत यो फिल्ममा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ ।
 
गीत हेर्नुहोस् :-