मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किन दयाहाङसँग मात्र ? दीयाले खोलिन् राज

फिल्मीखबर, काठमाण्डौ, 2018/01/01
 
'वीर विक्रम'बाट डेब्यु गरेकी नायिका दीया पुन अभिनीत नयाँ फिल्म ‘मिस्टर झोले’ यही पुष २८ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मकोे ट्रेलर र 'ओखती' बोलको गीतले दर्शकबाट पाएको प्रतिक्रियाबाट उत्साहित देखिएकी नायिका पुनले ‘मिस्टर झोले’ आफ्ना लागि विशेष रहेको बताइन् । 
 
लन्डनबाट फिल्मको पब्लिसिटीका लागि भन्दै आइतवारमात्र नेपाल आएकी दीयाले फिल्मीखबरसँग कुराकानी गर्दै भनिन्, ‘मिस्टर झोले’मा मैले यसअघि निर्वाहा गरेका भूमिकाभन्दा फरक छ । गाउँको एक यूवतीको भूमिका निर्वाहा गरेको छु । ‘मिस्टर झोले’ परिवारसँग बसेर हेर्न मिल्ने बनेको छ । सामाजमा घटेको घट्नाको कथा फिल्मले बोल्छ । दर्शकले फिल्म हेरेर इन्जोय गर्नुहुन्छ ।’
 
पटक-पटक दयाहाङ राईसँग स्क्रिन शेयर गर्नुकोे कारण बारे पनि दीयाले मुख खोलिन् । उनी अगाडि भन्छिन्, ‘दयाहाङ राईसँग लगातार काम गरेपनि प्रत्येक फिल्ममा हाम्रो भूमिका फरक छ र ‘मिस्टर झोले’मा पनि फरक पाउनुहुन्छ । मैले सौगात मल्लसँग पनि फिल्म 'बमकाजी' गरेको छु । म दया दाईसँग मात्र फिल्म गर्छु भन्ने त होइन तर स्टोरी र टीमले त्यो भइरहेको मात्र हो । मलाई अरु कलाकारसँग काम गर्न पनि निकै रमाइलो लाग्छ ।’ 
 
फिल्मकी अर्की नायिका वर्षा राउत तौल घटाउने बहानामा अष्ट्रेलिया उडेपछि दीया ‘मिस्टर झोले’को प्रचारका लागि भन्दै नेपाल आएकी हुन् । २०७० सालमा निर्माण भएको निर्देशक दीपेन्द्र के. खनाल निर्देशित तथा टेकेन खड्काको निर्माणमा बनेको फिल्म 'झोले' टाईटल ब्रान्डलाई प्रयोग गरि टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा ‘मिस्टर झोले’ निर्माण गरेको हो ।
 
'कबड्डी', 'कबड्डी कबड्डी', 'पुरानो डुंगा' फिल्मका निर्देशक रामबाबु गुरुङ निर्देशित यो फिल्ममा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय रहेको छ । 
 
‘मिस्टर झोले’ ट्रेलर :-