मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आयो ‘उल्झन’को फर्स्टलुक

फिल्मीखबर, काठमाण्डौ, 2018/01/01
 
अंग्रेजी नयाँ वर्षको अवसर पारेर फिल्म ‘उल्झन’को फर्स्टलुक पोष्टर सार्वजनिक भएको छ । फर्स्टलुकमा फिल्मका तीन मुख्य पात्रलाई फोकस गरिएको छ । नायक ध्रुव दत्त, नायिका रजनी के.सी र अर्का नायक बेनी ढुंगाना मात्र पोष्टरमा अटेका छन् । 
 
फिल्मको युरोप प्रदर्शनको तयारीका लागि निर्देशक राजु अधिकारी यतिबेला युरोपमा छन् ।  ‘उल्झन’ जनवरी र फेब्रुअरीमा युरोप र लण्डनमा प्रदर्शन हुनेछ । फिल्मको नेपाल प्रदर्शन मिति चैत्र २ गतेलाई कन्फर्म गरिएको छ । 
 
तेजेन्द्र कंडेल प्रस्तुतकर्ता रहेको फिल्ममा नारायण ढुंगाना, नबिन अधिकारी र हरिकृष्ण कार्की निर्माता रहेका छन् । ‘उल्झन’ले युरोपमा रहेका नेपालीहरुको संघर्षको कथा बोल्छ । फिल्ममा आरती अधिकारीको कथा, मौनता श्रेष्ठको पटकथा रहेको छ ।