Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘भारत’मा सलमान र दीपिका ?

फिल्मीखबर, काठमाण्डौ, 2018/01/01
 
२०१८ को ईदपछि बलिउड स्टार सलमान खानको नयाँ फिल्म हुनेछ 'भारत' । अली अब्बास जफरको निर्देशनमा बन्न लागेको यो फिल्मलाई अतुल अग्निहोत्री र भूषण कुमारले निर्माण गर्दैछन् । अहिलेसम्म यो फिल्ममा सलमानको अपोजिटका लागि कुनै पनि नायिकाको नाम बाहिर आएको छैन । 
 
तर, भारतीय मिडियाका अनुसार, यो फिल्ममा बलिउड अभिनेत्री दीपिका पादुकोण मुख्य भूमिकामा हुन सक्छिन् । यो फिल्ममा अली अब्बास अहिलेसम्म सलमानसँग पर्दामा रोमान्स नगरेको नायिका लिन चाहिरहेका छन् । प्राप्त खबरअनुसार, फिल्मका लागि निर्माण टीमको पहिलो रोजाईमा दीपिका परेकी छिन् ।
 
योभन्दा अगाडि पनि दीपिकालाई सलमानको केही फिल्ममा अप्रोज गरिएको थियो । तर, लगातार फिल्ममा व्यस्त भएका कारण दीपिकाले सलमानसँग काम गर्न पाएकी थिइनन् । सूरज बडजात्याको फिल्म 'प्रेम रतन धन पायो' र कबीर खानको फिल्म 'ट्यूबलाइट'मा सबैभन्दा अगाडि लिड रोलका लागि दीपिकालाई अफर गरिएको थियो । 
Most Visited News (monthly)