Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आमा बन्दै नीशा

फिल्मीखबर, काठमाण्डौ, 2018/01/01
 
नायिका नीशा अधिकारीका फ्यानहरुलाई खुसीको खबर छ । २०१८ को सुरुवातसँगै नायिका नीशाले आफ्ना फ्यानमाझ खुसीको खबर साटेकी छिन् । के हो त्यस्तो खुसीको खबर ? नेपाली क्रिकेट टोलीका चर्चित खेलाडी शरद भेषवाकरसँग यसै वर्ष लगनगाँठो कसेकी नीशा आमा बन्दैछिन् । 
 
नीशाले यो खुलासा सोमवार आफ्नो आधिकारीक फेसबुकमा तश्विर र स्टाटस लेख्दै गरेकी हुन् । उनले आफ्नो पेटमा पाँच महिनाको बच्चा रहेको जानकारी दिँदै एक हातले आफ्नो पेटमा छोएको तस्बिर पोस्ट गरेकी छिन् । 
 
उनको स्टाटसमा बैंकर अनिलकेशरी शाह, स्क्रिप्ट राईटर शान बस्नेत, नायक मुकेश आचार्य, निर्देशक प्रशन्न पौडेलसँगै नीशालाई उनका फ्यान र शुभचिन्तकले पनि बधाइको ओइरो लगाएका छन् ।
 
 
यसरी आफू गर्भवती भएको भनेर तश्विर शेयर विशेषगरि हलिउड र बलिउडका सेलिब्रेटीले मात्र गरेको देखिन्छ । निर्मात्री तथा अभिनेत्री अधिकारीले पनि यही ट्रेन्डलाई पछ्याउने काम गरेकी छिन् ।
 
हाल अमेरिकामा रहेकी नीशाले मंसिर १ गते प्रदर्शनमा आएको फिल्म 'झ्यानाकुटी' निर्माण गरेकी थिइन् । 
Most Visited News (monthly)