Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.00/5.00)
Text size:-
+
-

‘कृ’ गीत रिलिज, अनमोल भन्दैछन्, ‘यति यति पानी गंगा रानी’

फिल्मीखबर, काठमाण्डौ, 2017/12/31
 
यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘कृ’को पहिलो गीत सार्वजनिक भएको छ । १५ दिन अगाडि सार्वजनिक भएको फिल्मको ट्रेलरलाई युट्युबमा १५ लाखभन्दा बढीले हेरिसकेको अवस्थामा निर्माण टीमले अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै ‘कृ’को क्लब गीत सार्वजनिक गरेको छ ।
 
‘यति यति पानी’ बोलको गीतमा नायक अनमोल केसी क्लबमा दर्जनौ यूवतीहरुसँग मस्ती मुडमा देखिएका छन् । दर्शकले अनमोलको यस्तो नृत्य शैली यसअगाडिका फिल्ममा देखेका थिएनन् ।  यो गीतमा अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर, मिस्टर आरजेकै शब्द तथा संगीत छ । 
 
काठमाण्डौको डेजा भू र राजु पेन्टरले निर्माण गरेको भव्य सेटमा खिचिएको गीतको भिडियो निर्माणमा निकै मिहिनेत गरिएको देखिन्छ । रेनशा वान्तवा राइले कोरियोग्राफी गरेको गीतलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । 
 
सुवास इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको कृलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । 
 
भिडियो :-
 
माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्ममा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ । 
 
सुवास गिरी र भूवन केसी निर्माता रहेको फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । फिल्मका कार्यकारी निर्माता कमल गिरी हुन् भने सह–निर्माता श्री पराजुली रहेका छन् ।
Most Visited News (monthly)