Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

‘रुद्रप्रिया’ : हलमा फ्लप, युट्युबमा हिट

फिल्मीखबर, काठमाण्डौ, 2017/12/31
पछिल्लो समयमा हलबाट छुट्नासाथ नेपाली फिल्म युट्युबमा रिलिज गर्ने चलन आएको छ । हलमा करोडौँ कमाएका फिल्महरु युट्युबमा पनि सफल हुन्छन् र हलमा औसत भनिएका फिल्मले पनि युट्युबमा दर्शकको राम्रै साथ पाउँछन् । तर, कहिले काँही भने चलेका स्टारहरुको फिल्मले पानी पनि भन्न पाएको हुँदैन चाहे त्यो हलमा होस् या युट्युबमा । 
 
नायिका रेखा थापा र नायक आर्यन सिग्देल स्टारर फिल्म ‘रुद्रप्रिया’ बक्स अफिसमा नमज्जाले चिप्लियो । झन्डै ८ वर्षपछि पर्दामा फर्किएको यो जोडीको फिल्म असफल हुन्छ भन्ने सायदै कसैले कल्पना गरेका थिएनन् । तर, फिल्म हलमा लागेको र उत्रिएको निर्माता स्वयंले पत्तो पाएनन् । 
 
यो फिल्म युट्युबमा आइसकेको छ । ३ दिन अगाडि इन्टरनेट रिलिज भएको यो फिल्ममाथी ९ लाख ८० हजारभन्दा बढीको नजर परिसकेको छ । हलमा रिलिज भएको छोटो समयमा प्रतिक्षीत भनिएको फिल्म युट्युबमा आएको ‘रुद्रप्रिया’ सम्भवत: पहिलो हो । 
 
 
विदेशबाट फिल्मको माग नहुनु र पाइरेसीको डरका कारण फिल्मको डिजिटल पार्टनर बुढासुब्बाले हतार-हतार ‘रुद्रप्रिया’लाई इन्टरनेट रिलिज गरेको हो । अहिले यो फिल्म नेपालको युट्युब ट्रेन्डिङ नम्बर ३ मा पर्न सफल भएको छ । २ हजारभन्दा बढी कमेन्ट प्राप्त फिल्मलाई धेरैले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । फिल्मले उठाएको एसिड आक्रामणको कथालाई दर्शकले खुब रुचाएका छन् । 
 
कतिले रेखा र आर्यनको करिअरकै झुर फिल्म भन्दै कमेन्ट पनि लेखेका छन् । फिल्मले दर्शकबाट युट्युबमा मिश्रित प्रतिक्रिया पाएको छ । जे होस्, इन्टरनेट रिलिजको ३ दिनमा फिल्मले साढे ९ लाखभन्दा बढी 'भ्यू' पाउनु भनेको युट्युबमा ‘रुद्रप्रिया’ हिट भएको छ । 
 
सुदिप बबी भूपाल सिंह निर्देशित यो फिल्ममा रेखा थापा, आर्यन सिग्देल, राजन इशान, विश्व बस्नेत लगायतका कलाकारहरुको अभिनय छ । 
 
पूरा फिल्म हेर्नुहोस् :-
 

Most Visited News (monthly)