Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सृष्टिको ‘लाउरे’ रिलिज घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2017/12/30
 
सृष्टि श्रेष्ठ, नरेन लिम्बु र मिरुना मगर स्टारर फिल्म ‘लाउरे’ देशभर एकसाथ प्रदर्शनमा आउने मिति कन्फर्म भएको छ । निर्माण कम्पनी दुर्गिश फिल्मसले यो फिल्मलाई बैशाख २८ गते ल्याउने निधो गरेको छ । पप गायकको रुपमा ख्याति बटुलेका लिम्बु यही रोमान्टिक ड्रामामार्फत अभिनेताको रुपमा डेब्यु गर्दैछन् । 
 
निर्माता सुनिल रावल निर्मित ‘लाउरे’लाई विक्रमसिंह थारुले निर्देशन गरेका हुन् । ७० प्रतिशत निर्देशक निगम श्रेष्ठले निर्देशन गरेको यो फिल्मको बाँकी निर्देशकीय कार्यभार विक्रमसिंह थारुले सम्हालेका थिए । 
 
रावलसँगै इश्वर श्रेष्ठ, सुवास लामिछाने र भेषमणी श्रेष्ठ फिल्मका निर्माता हुन् । ‘सृष्टि, नरेन र मिरुनाको योङस्टर क्रेज हाम्रा लागि प्रभावकारी बन्न सक्छ’, निर्माता रावलले भने । 
 
आलोक शुक्लाको छायांकन रहेको फिल्मको पटकथा नेगेटिभ बुद्धले लेखेको हो । 'सायद', 'होस्टेल', 'होस्टेल रिटर्न्स' र 'सायद २' पछि 'लाउरे' दुर्गिश फिल्मसको पाँचौं प्रोजेक्ट हो । 'लाउरे'ले घोषणा गरेको बैशाख २८ गते फिल्म 'हिरो रिटर्न्स' र 'लम्फू' पनि प्रदर्शनमा आउँदैछन् । 
Most Visited News (monthly)