मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 3.67/5.00)
Text size:-
+
-

‘रुपै मोहनी’ले बनायो नयाँ रेकर्ड

फिल्मीखबर, काठमाण्डौ, 2017/12/30
फिल्म ‘शत्रु गते’को ‘रुपै मोहनी’ बोलको गीतले नयाँ रेकर्ड बनाएको छ । नेपालमा अहिलेसम्म कुनै पनि नेपाली गीतले युट्युबमा पाउन नसकेको 'भ्यूअर्स'को रेकर्ड फिल्म 'दुई रुपैयाँ'मा समावेश गीत 'कुटुमा कुटु'को नाममा छ । यो गीतले युट्युबमा ४ करोड 'भ्यू' पाएर किर्तिमानी रेकर्ड बनाएको छ ।
 
यस्तै, सबैभन्दा छिटो अर्थात्, २४ घण्टामा फिल्म 'छक्का पञ्जा २' को 'नाइलनको साडी'मा बोलको गीतलाई युट्युबमा ८ लाख पटक हेरिएको थियो । यो रेकर्ड अब फिल्म ‘शत्रु गते’को गीतले तोड्ने छनक देखाएको छ । 'नाइलनको साडी'मा बोलको गीतको रेकर्ड भने 'रुपै मोहनी'ले २४ घण्टा नपुग्दै तोडेको छ । यो गीतलाई इन्टरनेट रिलिजको १२ घण्टामा साढे ८ लाखभन्दा बढी पटक हेरिएको छ ।
 
यसअघि यो 'भ्यूज' कुनै पनि नेपाली गीतले युट्युबमा पाउन सकेका थिएनन् । अहिले यो गीत नेपालको युट्युब ट्रेन्डिङ नम्बर १ मा पर्न सफल भएको छ । ‘रुपै मोहनी’ नेपालसँगै विभिन्न देशको युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा छ । 
 
 
अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको गीतमा शब्द लोकराज अधिकारीको रहेको छ भने यसमा संगीत टंक बुढाथोकीले दिएका छन् । गीतलाई टंकले मीना निरौलासंग संयुक्त रुपमा गाएका छन् । कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको गीतलाई दिर्घ गुरुङले खिचेका हुन् । 
 
हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारहरुको उपस्थिति भएकै कारण पनि फिल्मको हाइप बढ्दो छ । यस गीतमा तीन पुस्तालाई देखाइएको छ । गीतमा हरिवंश र दीपा, दीपक र प्रियंका तथा पल र आँचलको जोडीलाई दर्शकले देख्न पाउनेछन् ।
 
नेपाली फिल्म नगरीमा हरिवंश, दीपक र पललाई तिन पुस्ताको रुपमा पनि हेर्ने गरिन्छ । तराई र काठमाण्डौमा छायांकन गरिएको यो फिल्मलाई चैत्र ९ गते प्रदर्शनमा ल्याइदैछ । यो फिल्म मह सञ्चारको प्रस्तुती र किरण केसीको निर्माणमा बनेको हो । ‘शत्रु गते’लाई जात्रा फेम निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।
 
भिडियो :-