Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘शत्रु गते’को गीत रिलिज, दीपाश्रीसँग हरिवंशको ठुम्का !

फिल्मीखबर, काठमाण्डौ, 2017/12/29
 
अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपाली फिल्म ‘शत्रु गते’को पहिलो गीत सार्वजनिक भएको छ । केहीदिन अगाडि मात्र बौद्धस्थित समता अस्पतालमा छायांकन गरिएको लोक फ्लेवरको ‘रुपै मोहनी’ बोलको गीतमा शब्द लोकराज अधिकारीको रहेको छ भने संगीत टंक बुढाथोकीले दिएका छन् ।
 
गीतलाई टंक र मीना निरौलाले संयुक्त रुपमा गाएका छन् । कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको गीतलाई दिर्घ गुरुङले खिचेका हुन् ।
 
हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारले गीतको भिडियोमा ठुम्का लगाएका छन् । यस गीतमा तीन पुस्तालाई देखाइएको छ । गीतमा हरिवंश र दीपा, दीपक र प्रियंका तथा पल र आँचलको जोडीलाई देख्न पाइन्छ ।
 
तराई र काठमाण्डौमा छायांकन गरिएको यो फिल्मलाई चैत्र ९ गते प्रदर्शनमा ल्याइदैछ । यो फिल्म मह सञ्चारको प्रस्तुती र किरण केसीको निर्माणमा बनेको हो । ‘शत्रु गते’लाई जात्रा फेम निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।
 
फिल्ममा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ ।
 
भिडियो :- 

Most Visited News (monthly)