Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

प्रियंका र प्रदीपको रोमान्स खिच्दै सकियो ‘लिलिबिली’

फिल्मीखबर, काठमाण्डौ, 2017/12/29
 
लन्डन, स्कटल्याण्ड हुँदै टर्कीको स्थानबुलमा पुगेर युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ‘लिलिबिली’को सम्पूर्ण छायांकन सकिएको छ । स्थानबुलमा प्रदीप खड्का र प्रियंका कार्की फिचरिङ गीतको छायांकनसँगै फिल्मको इन्डक्ल्याप भएको हो । फिल्मको केही प्रतिशत छायांकन भने नेपालमै हुनेछ ।
 
यो फिल्ममा प्रियंका, प्रदीपकी आमाको भूमिकामा रहने चर्चा चलेपनि फिल्मीखबर डटकमलाई प्राप्त तश्विरबाट के स्पष्ट हुन्छ भने पर्दामा यो जोडीको अनस्क्रिन रोमान्स हेर्न पाइनेछ । प्राप्त तश्विरमा प्रदीप र प्रियंका समुन्द्री किनार नजिक रोमान्टिक मुडमा देखिएका छन् । 
 
युरोपियन देशमा झन्डै ५० दिनसम्म छायांकन चलेको यो फिल्ममा प्रदीपले नव-नायिका जसिता गुरुङसँग पनि रोमान्स गरेका छन् । फिल्ममा अनुप विक्रम शाहीको पनि मुख्य भूमिका छ । 
 
 
काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भैरहेको फिल्ममा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । नेपाली नयाँ वर्षको अवसर पारेर यो फिल्मलाई चैत ३० गतेबाट प्रदर्शनमा ल्याउने निर्माण पक्षको तयारी छ । 
Most Visited News (monthly)