.jpg)
प्रदर्शनको पहिलो हप्ता पूरा गर्दा पनि बलिउड स्टार सलमान खन र कैटरीना कैफ अभिनीत फिल्म ‘टाइगर जिन्दा हे’ले काठमाडौं र मोफसलका फिल्म हलहरुमा आफ्नो वर्चस्व कायमै राखेको छ।
सिंगल हलमा ‘टाइगर’को व्यापार औसत भएपनि मल्टिप्लेक्समा दर्शकको 'फ्लो' अझै घटेको छैन । यहीबीच आजबाट हलमा नेपाली फिल्म ‘ह्याप्पी न्यु ईयर’ प्रदर्शनमा आएको छ ।
‘टाइगर जिन्दा हे’का कारण ‘ह्याप्पी न्यु ईयर’लाई मल्टिप्लेक्समा सास फेर्न मुश्किल पर्ने देखिन्छ । यस हप्ता अन्य कुनै नेपाली फिल्म प्रदर्शनमा नआएका कारण यो फिल्मले सिंगल हल भने ठिकठाक पाएको छ ।
लभस्टोरी कथामा निर्मित ‘ह्याप्पी न्यु ईयर’मा कुशल थापा, पुकार गौतम, सन्ध्या केसी, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय छ ।
फिल्मलाई नायक कुशलकी श्रीमति रती थापाले निर्माण गरेकी हुन् । देवकुमार श्रेष्ठ निर्देशित यो फिल्ममा अस्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेको छायांकन, विनोद ढकाल र टंक बुढाथोकीको संगीत र कुशल थापाको कथा छ ।

