Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘छल्कि’मा दीपाश्री र रेखा, सुध्रियो सम्बन्ध ?

फिल्मीखबर, काठमाण्डौ, 2017/12/28
 
केहीदिन अगाडि नायिका ऋचा शर्माले फिल्म ‘छक्का पञ्जा’ हेरेर ताली पिट्ने दर्शक मुर्ख हुन्’ भन्ने खालको अभिव्यक्ति दिएपछि सिनेवृतमा यसले ठूलै भूकम्प ल्यायो । चलचित्रकर्मी र दर्शक पनि यो बहसमा विभाजित भए । कतिले ऋचालाई समर्थन गरे त कतिले ‘छक्का पञ्जा’ टीमलाई । यस्तैमा नायिका रेखा थापाले ऋचालाई समर्थन गर्दै ‘छक्का पञ्जा’ टीमलाई ‘जोक्कर’ भनेपछि त झन यो काण्डले अग्ररुप लियो । 
 
रेखाको यो जवाफलाई हास्यकलाकार तथा ‘छक्का पञ्जा’की निर्देशक दीपाश्री निरौलाले ‘धन्यवाद’ भनिन् । दीपाश्रीले रेखालाई ‘धन्यवाद’ भन्नुको अर्थ सानो थिएन । अहिले दीपा र रेखाको सम्बन्ध पानी बाराबारकै जस्तो अवस्थामा छ । तर, अनौठो अब के हुँदैछ भने दीपाश्रीको मुख्य भूमिका रहेको फिल्म ‘छल्कि’मा रेखा थापाले पनि अभिनय गर्ने खबर बाहिरिएको छ । 
 
थारु भाषामा निर्माण भइरहेको यो फिल्ममा रेखाको अतिथी भूमिका रहने निर्माण टीमले जानकारी दिएको छ । यो फिल्ममा दीपाश्रीले भने एक थारु युवतीको भूमिका निर्वाहा गरेकी छिन् । शीतयुद्ध चलेको केही हप्ता पनि नवित्दै रेखा र दीपाश्रीले एउटै फिल्म गर्नुको पछाडि कतैै उनीहरुको सम्बन्ध सुध्रिएको त होइन ? दर्शकको मनमा यतिबेला विभिन्न तर्क उब्जिएका छन् ।
 
 
तर, नायिका थापाले 'फिल्मीखबर डटकम'सँग कुराकानी गर्दै ‘छल्कि’मा आफूले अभिनय गर्ने कुरा गलत रहेको बताउँछिन् । फिल्ममा दीपाश्रीसँग थारु भाषा फिल्मका पहिलो नायक राजेन्द्र भगतको जोडी बाँधिएको छ । जय चौधरी, प्रज्वल माझी, लेजिना सुवेदी, राज नारायण सेन लगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहनेछ । 
 
केशव रायमाझीको लेखन तथा निर्देशन रहेको ‘छल्कि’लाई नेपाली र थारु दुवै भाषामा प्रदर्शन गरिनेछ । थारु भाषामा निर्माण हुने फिल्ममध्ये ‘छल्कि’लाई 'विग बजेट'को फिल्म भनिएको छ । दार्जिलिङ, सिक्किम, बर्जु ताल, बिराटनगर, जनकपुर लगायतका ठाउँमा फिल्मको छायांकन हुँदेछ । 
Most Visited News (monthly)