Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बटरफ्लाई’ पोष्टरमा आर्यन र प्रियंकाको रोमान्टिक अवतार

फिल्मीखबर, काठमाण्डौ, 2017/12/28
 
पुष २८ गतेलाई प्रदर्शन मिति कन्फर्म गरिएको फिल्म ‘बटरफ्लाई’ को फस्ट लुक पोष्टर सार्वजनिक भएको छ । ट्रेलर र ‘म गाउँदिनँ अब गीत गजल.. ’ बोलको गीतले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहँदा निर्माण पक्षले फिल्मको रोमान्टिक पोष्टर सार्वजनिक गरेको हो । 
 
पोष्टरमा नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्कीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । आर्यन र प्रियंका फिचरिङ यो पोष्टरले फिल्मप्रति झनै उत्सुकता बढाएको छ । यो जोडीले पहिलो पटक 'विग स्क्रिन'मा रोमान्स गरेका हुन् । 
 
फिल्ममा प्रियंका र आर्यनका अलावा अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरविर पण्डित लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । सुरेश बज्रचार्य फिल्मका छायाँकार हुन् । 
 
पुष्पान्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदी निर्माता रहेको फिल्मका कार्यकारी निर्माता रमेश प्रजापति छन् । यो फिल्मका निर्देशक ओमप्रतिक गुरुङ हुन् । 
Most Visited News (monthly)