Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हेट स्टोरी’ हिरोइनले गरिन् बिहे गरेको खुलासा

एजेन्सी, मुम्बई, 2017/12/28
 
बलिउडमा यतिबेला विवाहको मौसम चलेको छ । विराट र अनुष्काले इटालीमा गुपचुप विवाह गरेपछि उनका फ्यान चकित भएका थिए । यस्तै, अर्की अभिनेत्रीले पनि गुपचुप विवाह गरेको खबर बाहिर आएको छ । बलिउड एक्ट्रेस सुरवीन चावलाले हालैमा आफूले विवाह गरेको जानकारी दिएकी छिन् । 
 
सुरवीनले अचानक एक तश्वीर सोसल मिडियामा पोष्ट गर्दै विवाहको जानकारी आफ्नो फ्यानलाई दिएकी हुन् । श्रीमानसँगको एक तश्वीर शेयर गर्दै उनले लेखेकी छिन्, ‘एक साधारण जिन्दगी भएपनि मेरो कहानी कुनै परीभन्दा कम छैन ।’ 
 
मिड-डेको खबरअनुसार, सुरवीनले २ वर्ष अगाडि नै विवाह गरेकी थिइन् । २८ जुलाई, २०१५ मा उनले अक्षयसँग इटालीमा लगनगाँठो कसेकी हुन् । तर, सुरवीनले यो जानकारी झन्डै २ वर्षपछि आफ्नो फ्यानलाई दिएकी हुन् । सुरवीनका पति एक विजनेसम्यान हुन् । 
 
 
अक्षय र सुरवीनको भेट दुवैजनाका एक 'कमन' साथीमार्फत भएको थियो । यी दुईको विवाह समारोहमा केही आफन्त पनि सहभागी भएका थिए । सुरवीनले हिन्दी फिल्मसँगै पञ्जाबी, तमिल र तेलुगू फिल्ममा पनि काम गरेकी छिन् । उनले 'हेट स्टोरी २' मा दिएको बोल्ड सिनले खुब चर्चा पाएकोे थियो । 
Most Visited News (monthly)