चलचित्र विकास बोर्डले करीब २५ जना नेपाली कलाकारलाई अभिनय सिक्न भारत पठाउने भएको छ । भारतीय दुतावासको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा नेपाली कलाकारलाई भारतको पुनेस्थित 'भारतीय फिल्म तथा टेलिभिजन संस्थान'मा २० दिने अभिनय सम्बन्धि प्रशिक्षण दिइन लागिएको हो ।
विकास बोर्डले जारी गरेको विज्ञप्ती अनुसार, भारतीय दुतावासबाट निर्धारण गरिएको दरखास्त फारम, एक प्रति फोटो, शैक्षिक योग्यताको प्रतिलिपि र अभिनय सम्वन्धी कागजपत्रहरु संकलन गरि विकास बोर्ड कार्यालयमा बुझाउनु पर्नेछ । साथै, बोर्डको इमेल [email protected] मा पनि पठाउन सकिनेछ ।

२०१८ जनवरी ३ सम्मलाई दरखास्तको लागि समय सिमा तोकिएको छ । २० दिने तालिम अंग्रेजी र हिन्दी भाषामा हुनेछ । बोर्ड अध्यक्षमा नियूक्त भएपछि विभिन्न कारणले विवादमा तानिएकी नवनियूक्त अध्यक्ष निकिता पौडेलको यो निर्णयलाई भने चलचित्रकर्मीले स्वागत गरेका छन् ।

