Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गीतसँगै ‘गाँजा बाजा’को प्रदर्शन मिति घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2017/12/27
 
चलचित्र विकास बोर्डले नाममै आपत्ती जनाएपछि विवादमा तानिएको फिल्म ‘गाँजा बाजा’को प्रदर्शन मितिसँगै पहिलो गीत सार्वजनिक भएको छ । निर्माण कम्पनी डिआर फिल्मस् बाट जारी विज्ञप्तीमा फिल्म फागुन २५ गतेबाट प्रदर्शनमा आउने उल्लेख छ । 
 
'ह्याप्पी ह्याप्पी मुड' बोलको सार्वजनिक गीतमा निख एण्ड जटाको संगीत र जटावेदा बेनर्जीको स्वर छ । यो गीत सामान्य चलनचल्तीका गीतभन्दा फरकशैलीको छ । २ यूवाको कथालाई यसमा देखाइएको छ ।
 
गणेशदेव पाण्डेको लेखन तथा निर्देशनमा निर्मित यो फिल्ममा अनुपम शर्मा, सुशील सिटौला, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, वर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारहरुको अभिनय छ ।
 
याकोपो रास्लिकको छायांकन, लोकेश बज्राचार्यको सम्पादन रहेको फिल्मलाई डीआर फिल्मस् र टुका इन्टरटेनमेन्टले संयूक्त रुपमा निर्माण गरेको हो । ‘गाँजा बाजा’का निर्मातामा दिपेन्द्र रेग्मी र गोमा विष्ट थापा रहेका छन् ।
 
भिडियो :-
 
Most Visited News (monthly)