Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

३ तश्विरमा हेर्नुहोस् अनमोलको मस्ती मुड

फिल्मीखबर, काठमाण्डौ, 2017/12/27
 
यस वर्ष सबैभन्दा धेरै लाइमलाइटमा रहेका नायक हुन् अनमोल केसी । कहिले महंगो पारिश्रमिक त कहिले फिल्म ‘कृ’को विषयलाई लिएर भएका विभिन्न बहसले अनमोलको चर्चामा कमी हुन दिएन । केहीदिन अगाडि मात्र फिल्म ‘कृ’को ट्रेलर सार्वजनिक भयो । पोस्टरबाटै प्रतिक्षीत बनेको यो फिल्मलाई एक्सनप्रधान ट्रेलरले थप उचाईमा पुराएको छ । 
 
ट्रेलरबाटै फिल्मले बक्स अफिसमा राम्रै नतिजा ल्याउने छनक देखाएको छ । यो फिल्ममा अनमोलले नव-नायिका अदिती बुढाथोकीसँग रोमान्स गरेका छन् । सुरेन्द्र पौडेलले निर्देशन गरेको फिल्मको ट्रेलर हिट भएपछि अब क्लब गीत सार्वजनिक गर्ने तयारी यसको निर्माण टोलीले गरेको छ । 
 
 
फिल्ममा समावेश ‘यति यति पानी गंगै रानी’ बोल रहेको गीत डिसेम्बर ३१ तारिखमा रिलिज गरिनेछ । अंग्रेजी नयाँ बर्षको शुभकामना स्वरुप गीत सार्वजनिक गर्न लागिएको निर्माण टोलीले बताएको छ । यो गीतमा अनमोल केसी क्लबमा नाचेका छन् । रेनशा वान्तवा राइले कोरियोग्राफी गरेको गीतलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । 
 
दर्शकले अनमोलको यस्तो नृत्य शैली यसअगाडिका फिल्ममा नदेखेको रेनशाको दाबी छ । यो गीतमा अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर, मिस्टर आरजेकै शब्द तथा संगीत छ । सुवास इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । 
 
 
फिल्ममा अनमोल र अदितीका अलावा सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ । 
Most Visited News (monthly)