Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यसकारण ‘मिस्टर झोले’मा प्रियंका अटिनन्

फिल्मीखबर, काठमाण्डौ, 2017/12/27
 
२०७० सालमा निर्माण भएको हिट फिल्म ‘झोले’मा नायिका प्रियंका कार्कीले 'कल गर्ल'को भूमिका निर्वाह गरेकी थिइन् । उनको अभिनयको सर्वत्र तारिफ भएको थियो । फिल्ममा प्रियंकासँगै दयाहाङ राई, ए गुरुङ, शिशिर राणा लगायतका कलाकारहरुको अभिनय थियो । फिल्मका निर्देशक दीपेन्द्र के. खनाल थिए । 
 
झन्डै ४ वर्षपछि यो फिल्मको नेम सिक्वेल निर्माण भएको छ । निर्माता टेकेन खड्काले आफू ‘झोले’को सिक्वेल निर्माण गर्न चाहेपनि कथा लेख्दै गर्दा फरक भएपछि ‘झोले’ टाईटल ब्रान्डलाई प्रयोग गरि ‘मिस्टर झोले’ निर्माण गरेको बताएका छन् । तर, फिल्ममा दयाहाङ अट्दा किन प्रियंका अटिनन् त ? यो प्रश्न दर्शकबाट चर्को रुपमा आइरहेको छ । 
 
सिनेवृतमा निर्माण टीमसँग मनमुटावका कारण प्रियंका ‘मिस्टर झोले’को नअटेको चर्चा छ । तर, यो कुरा गलत बताउँछन् निर्माता खड्का । उनी भन्छन्, ‘प्रियंका कार्कीसँग कुनै मनमुटावका कारण उहाँलाई ‘मिस्टर झोले’मा नलिएका होइनौं । ‘मिस्टर झोले’को कथा ‘झोले’भन्दा विल्कुलै फरक छ । यदी कथाले प्रियंकाको माग गरेको भए उहाँ दोहोरिनु हुन्थ्यो तर दयाको अपोजिटमा मंगोलियन अनुहार आवश्यक भएका कारण हामीले दीया पुनलाई लिएका हौं ।’ 
 
यस्तै, नायक दयाहाङ राईले ‘मिस्टर झोले’ गर्दा प्रियंकालाई खुब सम्झिएको बताए । उनले भने, ‘‘मिस्टर झोले’को कथा ‘झोले’भन्दा फरक भएका कारण धेरै पुराना कलाकार यसमा अट्न सक्नुभएन । तर, ‘मिस्टर झोले’ गर्दा ‘झोले’का सम्पूर्ण कलाकारलाई मैले धेरै 'मिस' गरेको थिएँ ।’ रौनक बिक्रम कँडेल कार्यकारी निर्माता रहेको यो फिल्म पुष २८ गतेबाट प्रदर्शनमा आउँदैछ । 
 
'कबड्डी', 'कबड्डी कबड्डी', 'पुरानो डुंगा' फिल्मका निर्देशक रामबाबु गुरुङ निर्देशित यो फिल्ममा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय रहेको छ । 
Most Visited News (monthly)