
माघ ४ गतेबाट प्रदर्शनमा आउन लागेको एक्सन स्टार निखिल उप्रेती अभिनीत फिल्म ‘पिंजडा व्याक अगेन’को आइटम गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । 'बल्यो धप धप यो जवानी' बोलको गीतमा शशी रावलको स्वर छ भने बसन्त सापकोटाले संगीत कम्पोज गरेका छन् । डा. कृष्णहरी बरालले गीतको शब्द लेखेका हुन् ।
कथावस्तु बाहिर आउने डरले निर्माण पक्षले गीतको भिडियो भने सार्वजनिक नगर्ने निर्णय गरेको छ । यो आइटम गीतको भिडियो अब दर्शकले सिनेमा घरमा मात्र हेर्न पाउनेछन् । अभिनेता निखिल उप्रेतीको डेब्यू फिल्म हो 'पिंजडा' । यसको नेम सिक्वेललाई द्वन्द्व निर्देशक हिमाल केसीले निर्देशन गरेका हुन् ।
फिल्ममा निखिल उप्रेती, सारा सिर्पाली, सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘पिंजडा व्याक अगेन’लाई ओम शाही भक्त मुभिज र ओम साइ मौलाकालिका पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेको हो । यो फिल्मको कथा मौनता श्रेष्ठले लेखेका हुन् ।
सुशान्त श्रेष्ठ र बसन्त शर्मा कार्यकारी निर्माता रहेको फिल्मका प्रस्तुतकर्ता श्रीराम बराल हुन् । सौरभ लामाले खिचेको फिल्ममा रोहित पुरी, गोविन्द गैरे र चन्द्र बहादुर क्षेत्रीको लगानी छ ।
लिरिकल भिडियो :-

