Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ह्याप्पी न्यु ईयर’ हेरेर दर्शक ‘ह्याप्पी’ हुन्छन् : कुशल थापा

फिल्मीखबर, काठमाण्डौ, 2017/12/25
पुष १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ह्याप्पी न्यु ईयर’को गीत र ट्रेलर सार्वजनिक भइसकेका छन् । गीतसंगीत र ट्रेलरले पाएको उत्कृष्ट प्रतिक्रियाका कारण फिल्म सफल हुनेमा निर्माण टीम विश्वस्त देखिएको छ । मोफसलका विभिन्न ठाउँमा कन्सर्ट गरेर काठमाडौं फर्किएका फिल्मका नायक तथा निर्माता कुशल थापाले ‘ह्याप्पी न्यु ईयर’ हेरेर दर्शक ‘ह्याप्पी’ हुने बताउँछन् । 
 
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कुशलले भने, ‘फिल्मको कन्टेन्ट राम्रो छ, स्टोरी राम्रो छ, परफर्मेन्स राम्रो छ अनि अष्ट्रेलियामा सुटिङ गरिएको छ । सबै पक्षबाट अब्बल छ ‘ह्याप्पी न्यु ईयर’ । त्यसैले फिल्म हेर्न लायकको छ ।’ 
 
 
उनले फिल्मको अष्ट्रेलियामा सुटिङ गर्नुको कारण पनि खुलाए । उनी भन्छन्, ‘हुनत, यो फिल्मको छायांकन जहाँ गरेपनि हुन्थ्यो तर अष्ट्रेलियामा गएर बसोबास गर्ने नेपालीको दुःख कस्तो हुन्छ भन्ने कन्टेन्टलाई हामीले देखाउन खोजेका छौं ।’ उनले पहिलो पटक फिल्म निर्माणमा हात हाल्दा धेरै कुरा सिक्ने मौका पाएको पनि बताए । 
 
फिल्मलाई नायक कुशलकी श्रीमति रती थापाले निर्माण गरेकी हुन् । लभस्टोरी कथामा निर्मित यो फिल्ममा कुशल थापा, पुकार गौतम, सन्ध्या केसी, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय छ । 
 
देवकुमार श्रेष्ठ निर्देशित यो फिल्ममा अस्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेको छायांकन, विनोद ढकाल र टंक बुढाथोकीको संगीत र कुशल थापाको कथा छ । 
Most Visited News (monthly)