Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्क्रिप्ट लेखेर जित्नुहोस् ३ लाख !

फिल्मीखबर, काठमाण्डौ, 2017/12/25
 
पहिलो र दोस्रो संस्करणको सफलतापछि ‘नेपाली स्क्रिप्ट लेखन प्रतियोगिता ३’ आयोजना हुने भएको छ । सन् २०१२ देखि सुरु भएको यो प्रतियोगीतलाई निरन्तर रुपमा 'न्यु नेपाली सिनेमा'ले आयोजना गर्दै आइरहेको छ । 
 
यस प्रतियोगितामा सहभागिता जनाउन कुनै शुल्क लाग्ने छैन भने बिजेताले ३ लाख पुरस्कार पाउनेछन । आयोजक मनोज अधिकारीले थन्किएका कथालाई उजागर गर्ने उद्येश्यले ‘नेपाली स्क्रिप्ट लेखन प्रतियोगिता ३’को आयोजना गरेको बताए । उनका अनुसार, उत्कृष्ट मध्ये एउटा कथालाई पुरस्कृत गरेर फिल्म पनि निर्माण गरिनेछ । 
 
यसमा सहभागिता जनाउन न्युनतम एकदेखि तीन पेजको कथा इमेल [email protected] मा पठाउनु पर्नेछ । प्राप्त कथा मध्येबाट निर्णायकले २५ कथा छान्नेछन्, जसलाई तयार पार्न ३ महिनाको समय दिइनेछ । सन् २०१८ को फेब्रुअरी १६ सम्म कथा पठाई सक्नु पर्ने आयोजक अधिकारीले बताए ।
Most Visited News (monthly)