Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ह्याप्पी डेज’को ट्रेलर रिलिज, दया र सञ्जयमध्ये कसकी प्रियंका ?

फिल्मीखबर, काठमाण्डौ, 2017/12/25
 
माघ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ह्याप्पी डेज’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा एक्सन, लभ तथा ड्रामाको स्वाद पस्किएको छ । नायिका प्रियंका कार्की, नायक सञ्जय गुप्ताको प्रेममा छिन् भने दयाहाङ राई, प्रियंकालाई लभ नै नगरि सिधै सिन्दुर हाल्ने बताउँदैछन् । ट्रेलरबाटै स्पष्ट हुन्छ कि फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ । 
 
मिलन चाम्स निर्देशित ‘ह्याप्पी डेज’लाई लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । रोमान्टिक ड्रामा मिश्रित यो फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, सञ्जय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स लगायतका कलाकारहरुको अभिनय छ । 
 
पैसा कमाउन बेलायत पुगेको एक नेपाली युवकको बैधानिक बसोबासका लागि गर्ने संघर्षको कथा फिल्मले बोल्छ । २ करोड ५० लाखमा निर्माण गरिएको ‘ह्याप्पी डेज’लाई रामकुमार केसीले खिचेका हुन् । 
 
वीपि खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स निर्माता रहेको यो फिल्मको छायांकन लन्डनका अलावा नेपाल, वेल्स, इङ्ल्याड, स्कटल्यान्ड लगायतका देशहरुमा गरिएको हो । 
 
भिडियो :-
 

Most Visited News (monthly)