Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

करिश्मा भन्छिन्, ‘छोरीलाई हिरोइन बनाउन तयार छु’

फिल्मीखबर, काठमाण्डौ, 2017/12/24
 
नेपाली फिल्मकी सदावहार सुन्दरी तथा फिट नायिका करिश्मा मानन्धर एक समयकी सर्वाधिक हिट फिल्म दिने अभिनेत्री हुन् । दर्जनौ फिल्ममा दमदार अभिनय गरेकी करिश्माको बिडो अब कसले थाम्ला ? के छोरी कविता मानन्धर यसका लागि तयार छिन् ? हाल अमेरिकामा अध्ययन गरिरहेकी कविताले शनिवार परिवार र चलचित्रकर्मीसँग आफ्नो जन्मदिन सेलिव्रेट गरिन् । 
 
कविताले जन्मदिनको केक काट्दै गर्दा आमा करिश्माले छोरीलाई हिरोइन बनाउन आफू तयार रहेको बताइन् । करिश्मा भन्छिन्, ‘विनोद र म कवितालाई हिरोइन बनाउन तयार छौं । तर हिरोइन बन्न सोचे जस्तो सजिलो छैन । त्यसका लागि शारीरिक र मानसिक रुपमा तयार हुन आवश्यक छ ।’ यस्तै, कविताले आफू फिल्ममा इन्ट्री गर्न इच्छुक रहेको भाव व्यक्त गरिन् । 
 
उनी भन्छिन्, ‘मलाई फिल्ममा अभिनय गर्न मन छ । तर, मैले जे देखेँ अनि जे हेरेँ त्यो फिल्ममा काम गर्नका लागि प्रयाप्त छैन । त्यसका लागि म मानसिक र शारीरिक रुपमा तयार हुनुपर्छ । हेरौँ भविष्यमा के हुन्छ ।’ केही मोटी देखिएकी कविता अब फिल्ममा अभिनय गर्नका लागि स्लिम हुने सोचमा छिन् । 
 
 
उनले यसअघि गायक सरोज दत्तको 'भैगो' बोलको म्यूजिक भिडियोमा काम गरेकी थिइन् । स्रोतका अनुसार, कविताको डेब्यू फिल्मका लागि अहिले करिश्मा र विनोदले एक स्क्रिप्ट हेरिरहेका छन् ।
Most Visited News (monthly)