Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘फिर्के’ गीतमा क्रिष्टिनासँग ‘ईकु’को रोमान्स

फिल्मीखबर, काठमाण्डौ, 2017/12/24
 
पुष २१ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको फिल्म ‘फिर्के’को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘सानी सानी’ बोलको गीतमा विश्व नेपाली र जुना प्रसाइँको स्वर रहेको छ भने रामशरण नेपालीको शब्दमा गायक विश्वले नै संगीत भरेका छन् । 
 
गीतको भिडियोमा फिल्मका कलाकार सुलेमान शंकर ‘ईकु’ र नव-नायिका क्रिष्टिना पौडेल फिचरिङ छन् । यसअघि फिल्मको ट्रेलर र लोक लयको ‘चट्टै’ बोलको गीत युट्युबमा सार्वजनिक भइसकेको छ ।  ‘फिर्के’मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । 
 
'ईकु'को नामले चर्चित सुलेमान शंकरको प्रस्तुतीमा बनेको फिल्ममा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । 
 
यो फिल्मलाई तितो सत्य, जिरे खुर्सानी लगायतका टेलिसिरियलमा 'बेमान'को नामले परिचित रवि डंगोलले निर्देशन गरेका हुन् । फिल्ममा अभिमन्यू निरबीको लेखन रहेको छ । अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि. गुरुङको सम्पादन तथा राम कुमार केसीको छायांकन छ । 
 
भिडियो :-
 
Most Visited News (monthly)