Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखा र सविनको ‘हिरो रिटर्न्स’ रिलिज घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2017/12/24
 
नायिका रेखा थापाको डेब्यू फिल्म हो ‘हिरो’ । यही फिल्मबाट नेपाली रजतपटमा भित्रिदै उनले 'नम्बर वान' अभिनेत्रीको ट्याग पाएकी थिइन् । अब झन्डै २ दशकपछि फेरि रेखा यही फिल्मको नेम सिक्वेल लिएर दर्शकमाझ आउँदैछिन् । निर्माता तथा नायक सविन श्रेष्ठले फिल्म ‘हिरो रिटर्न्स’को अफिसियल रिलिज घोषणा गरेका छन् । 
 
निर्माण सम्पन्न भएको लामो समयसम्म फिल्मको प्रदर्शन मिति तय नभएको चर्चा चल्दै गर्दा निर्माण टिमले नयाँ बर्ष २०७५ को बैशाख २८ बाट फिल्म दर्शकमाझ ल्याउने निधो गरेको छ । यो फिल्ममा सविन र रेखासँगै, दिल श्रेष्ठ, सरोज खनाल, सुलेमान शंकर 'इकु', रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठ, किरण श्रेष्ठ लगायतको अभिनय छ । 
 
अभिनेता तथा निर्माता सविनले यसअघि नै फिल्मको सम्पुर्ण काम सकिए पनि त्यसमा केहि कुराहरु चित्तबुझ्दो ननिस्केको र 'रि सुट'को आवश्यकता देखिएपछि रिलिजका लागि केही ढिलो भएको बताए । उनका अनुसार, फिल्ममा समावेश केही दृश्यहरु पुनः छायांकन गरिएको छ ।
 
‘‘हिरो’चल्दाको समयदेखि अहिलेसम्म नेपाली फिल्म हेर्दै आउनुभएका सबै दर्शक लक्षित फिल्म बनाउने हाम्रो लक्ष्य हो त्यसैले उत्कृष्टमा पनि उत्कृष्टता खोज्न केहि दृश्यको लागी पुनः छायांकनमा गएका हौँ ।’, सविनले भने । फिल्मलाई आशिष भेटवालले निर्देशन गरेका हुन् ।
 
फिल्ममा शिवम अधिकारीको कथा, मदनकाश्यप घिमिरेको छायांकन, दिपक शर्मा र टंक बुढाथोकीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन र मित्र गुरुङको सम्पादन रहेको छ । 
 
चन्द्र गौतम यो फिल्मका कार्यकारी निर्माता हुन् । सविन फिल्मस् को ब्यानरमा बनेको फिल्म ‘हिरो रिटर्न्स’मा भिम न्यौपाने, अमित श्रेष्ठ, ध्रुब न्यौपाने निर्मातामा छन् । यसैबीच नेपाल रिलिज पुर्व फिल्मको कतार, अष्ट्रेलिया सँगसँगै लण्डन प्रिमियर हुने भएको छ । 
Most Visited News (monthly)