Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘बीवी नम्बर १’ को सिक्वेलमा पनि वरुण !

एजेन्सी, मुम्बई, 2017/12/24
बलिउड एक्टर वरुण धवनको अभिनयको सर्वत्र तारिफ हुने गर्छ । केही हप्ता अगाडि प्रदर्शनमा आएको फिल्म 'जुडवा २' लाई दर्शकले निकै रुचाएका थिए । फिल्ममा वरुणको डबल रोल थियो र यो फिल्म सलमान खानको 'जुडवा'को सिक्वेल थियो । 
 
अब वरुणले फेरि सलमान खानको फिल्म ‘बीवी नम्बर १’ को रिमेकमा काम गर्ने भएका छन् । खासमा, सलमान खानको यो फिल्म १९९९ मा रिलिज भएको थियो । यो फिल्ममा सलमानले एक विवाहित व्यक्तिको भूमिका निर्वाह गरेका थिए । फिल्ममा सलमान, करिश्मा कपूरको पति थिए ।  
 
अब डेविड धवन यो फिल्मको रिमेक बनाउँदैछन् । रिपोर्ट्सका अनुसार, ‘बीवी नम्बर १’को छायांकन अर्को वर्षबाट सुरु हुनेछ । वरुण यो फिल्म गर्नका लागि निकै उत्साहित छन् र उनको मनपर्ने फिल्म मध्ये ‘बीवी नम्बर १’ पनि हो ।
Most Visited News (monthly)