मिति : २०८१ कार्त्तिक १६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

यसरी बनेको थियो ‘मिस्टर झोले’ (मेकिङ भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2017/12/23
पुष २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मिस्टर झोले’को ट्रेलर र 'ओखती' बोलको गीत सार्वजनिक भइसकेको छ । गीत र ट्रेलरले दर्शकबाट पाएको उत्कृष्ट प्रतिक्रियाबाट उत्साहित देखिएको निर्माण टीमले फिल्मको मेकिङ भिडियो सार्वजनिक गरेको छ । 
 
१. मेकिङ भिडियो 
 

 

सिनेमा आर्ट नेपालको युट्युब च्यानलमा फिल्मको दुईवटा मेकिङ भिडियो राखिएको छ । मेकिङ भिडियोमा कलाकार र निर्देशकको मिहिनेत र रमाइलो देख्न सकिन्छ । रौनक बिक्रम कँडेल कार्यकारी निर्माता रहेको यो फिल्मलाई शैलेन्द्र डी. कार्कीले छायांकन गरेका हुन् । 

 

२०७० सालमा निर्माण भएको निर्देशक दीपेन्द्र के. खनाल निर्देशित तथा टेकेन खड्काको निर्माणमा बनेको फिल्म 'झोले' टाईटल ब्रान्डलाई प्रयोग गरि टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा ‘मिस्टर झोले’ निर्माण गरेको हो । 
 
२. मेकिङ भिडियो 
 

 

'कबड्डी', 'कबड्डी कबड्डी', 'पुरानो डुंगा' फिल्मका निर्देशक रामबाबु गुरुङ निर्देशित यो फिल्ममा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय रहेको छ । 
Most Visited News (monthly)