
पुष २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पटुकी’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक फिल्मको ट्रेलरमा प्रेम, रोमान्स, एक्सन, धोकाको कथा देखाइएको छ । यो फिल्मलाई राम नेपालले निर्देशन गरेका हुन् ।
फिल्ममा रजनी केसी, जेम्स विसी, निर्माता म्याक्टेन कालु, दिपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरुङ लगायतका कलाकारहरुको पनि मुख्य भूमिका छ ।
स्क्रिप्ट समेत आफैं लेखेका निर्माता तथा कलाकार कालुले ‘पटुकी’ को कथाले सम्पूर्ण नारीलाई बाँध्ने बताए । राजनराज सिवाकोटीको संगीत रहेको फिल्ममा लक्ष्मण घिमिरेको छायांकन रहेको छ ।
भिडियो :-

