Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘क्याप्टेन’मा अनमोलकी हिरोइन उपासना ?

फिल्मीखबर, काठमाण्डौ, 2017/12/22
 
फिल्म ‘क्याप्टेन’का लागि युवा स्टार अनमोल केसीको अपोजिटमा विभिन्न नायिकाहरुको चर्चा चलिरहँदा अर्की एक नयाँ युवतीको नाम बाहिर आएको छ । दीवाकर भट्टराईले निर्देशन गर्न लागेको यो फिल्मका लागि अनमोलको अपोजिटमा उपासना सिंह ठकुरी लगभग कन्फर्म भइसकेकी छिन् । 
 
चलचित्र विकास बोर्डमा निर्माता भुवन केसीले दर्ता गराएको रजिष्ट्ररमा फिल्म ‘क्याप्टेन’मा अनमोल र उपासना मुख्य भूमिकामा रहने उल्लेख छ । तर, निर्माण टीमबाट प्राप्त जानकारी अनुसार उपासना फिल्मका लागि कन्फर्म भने भइसकेकी छैनन् । चाँडै फिल्म यूनिटले उनको स्क्रिन टेस्ट लिँदैछ । स्रोतका अनुसार, ‘क्याप्टेन’मा अनमोलका लागि खोजिएका अन्य युवतीभन्दा निर्माण टीमले उपासनालाई मनपराएको छ । 
 
 
उपासना र अनमोलको केही पटक भेट पनि भइसकेको छ । उपासनाले आफ्नो इन्स्टाग्राममा अनमोलसँगको एक तश्वीर शेयर गरेकी छिन् । यदी अभिनय राम्रो गर्न सकेको खण्डमा अनमोलको छैटौं फिल्ममा उनी मुख्य भूमिकामा देखिनेछिन् । अनमोलले आफ्नो डेब्यू फिल्मदेखि नै नयाँ नायिकासँग मात्र रोमान्स गरेका छन् । 
 
 
‘क्याप्टेन’मा अनमोल फुटबल खेलाडीको भूमिकामा देखिँदैछन् । अर्को वर्षको भदौको तीजमा प्रदर्शन गर्ने गरि फिल्मको छायांकन फागुन दोस्रो साताबाट सुरु हुनेछ । काजल फिल्मस् बाट निर्माण हुने फिल्मको कथा सामिप्यराज तिमल्सिना र प्रज्ञान थापाले लेखेका हुन् । 
Most Visited News (monthly)