मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पोखरामा ‘पिम्फ’ सुरु

फिल्मीखबर, काठमाण्डौ, 2017/12/22
 
पोखरा सभागृहमा बिहीवारदेखि ‘पोखरा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव’ (पिम्फ) सुरु भएको छ । बाल मनोविज्ञानमा आधारित सुदुरपश्चिमको कथा ‘जालगेडी’को प्रदर्शनसँगै तेस्रो ‘अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव’ सुरु भएको हो । पोखरा फिल्म सोसाइटीको आयोजनामा तीन दिनसम्म चल्ने सो महोत्सवमा स्वदेशी र विदेशी गरी ४३ वटा फिल्म प्रदर्शन गरिने महोत्सवका संयोजक सरोज सापकोटाले जानकारी दिए ।
 
महोत्सवमा सहभागिता जनाउन सयभन्दा बढी देशका ९ सय फिल्मको आवेदन परे पनि ४३ वटा मात्र प्रदर्शनीका लागि छनोट गरिएको बताइएको छ । महोत्सवमा वृत्तचित्र, लघु चलचित्र, कथानक चलचित्र, प्रयोगात्मक चलचित्र, एनिमेसन लगायतका चलचित्र समेटिएका छन् ।
 
समाजमा सकारात्मक सन्देश दिने फिल्मलाई मात्र महोत्सवमा समावेश गरिएको छ । महोत्सवमा २६ नेपाली र १७ विदेशी फिल्म प्रदर्शन गरिनेछ । महोत्सवमा पोखराका दुईवटा फिल्म पनि समावेश गरिएको छ । महोत्सवको पहिलो दिनमा १०, दोस्रो दिन २० र तेस्रो दिन १३ फिल्म प्रदर्शन गरिने कार्यक्रम छ । 
 
हिमाली क्षेत्र आसपासका संस्कृति, आदिवासी जनजातिको जनजीवन, परम्परा, खेलकुद, जैविक विविधता र पर्यावरणको संरक्षण र प्रवद्र्धनमा फिल्ममार्फत जनचेता अभिवृद्धि गर्ने महोत्सवको लक्ष्य रहेको छ ।