मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बटरफ्लाई’को गीत युट्युबमा हिट, हलमा फिल्म के होला ?

फिल्मीखबर, काठमाण्डौ, 2017/12/22
 
नेपालीमाझ इन्टरनेटको पहुँच विस्तारै बढ्दै गएको छ । कुनै समय युट्युबमा लाख 'भ्यू' नपुग्ने नेपाली गीतसंगीत अहिले करोडभन्दा बढी पटक हेरिन थालिएका छन् । नेपाली फिल्म, गीत, ट्रेलर कति हिट भए भन्ने कुरा त्यो अहिले युट्यबबाट नै मापन हुन थालेको छ । हुनत, युट्युबमा लाखौं वा करोडौं 'भ्यूज' गएका गीतसंगीत र ट्रेलरका कारण फिल्म पनि हिट हुन्छ भन्ने छैन । तर, केहीको हकमा भने यो कुरा लागू भएको छ । 
 
अहिले नेपाली फिल्मका शुभचिन्तकदेखि संगीतप्रेमी सबैको मुखमा गुञ्जिएको गीत हो, ‘म गाउँदिनँ अब गीत गजल...’ । प्रेम नगरीमा राम्रै हिट भएको यो गीत फिल्म ‘बटरफ्लाई’को हो । पुष २८ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मलाई गीतले यतिबेला प्रचारमा राम्रै सघाएको छ । 
 
गीतसंगीत उत्कृष्ट भएकै कारण धेरै फिल्मले बिजनेशमा बाजी मारेको रेकर्ड फिल्म क्षेत्रमा छ । त्यसैले पनि ‘बटरफ्लाई’को व्यापारिक सफलताको लागि यो गीतले ठूलो अर्थ राखेको छ । लगभग १ महिना अगाडि युट्युबमा सार्वजनिक गरिएको यो गीतलाई अहिलेसम्ममा ११ लाख बढी पटक हेरिएको छ । ११ हजारले लाइक्स गरेको भिडियोलाई ९ सय बढीले कमेन्टमा उत्कृष्ट प्रतिक्रिया दिएका छन् । 
 
भिडियो :-
 

 
सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत सुन्न सकिन्छ । कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा आर्यन अधिकारी र प्रियंका कार्की एकअर्काको बयान गर्दैछन् । पहिलो पटक स्क्रिन शेयर गरेका आर्यन र प्रियंकाको जोडीलाई पनि दर्शकहरुले निकै रुचाएका छन् । 
 
पुष्पान्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदी निर्माता रहेको फिल्मका कार्यकारी निर्माता रमेश प्रजापति छन् । यो फिल्मका निर्देशक ओमप्रतिक गुरुङ हुन् । 
 
फिल्ममा प्रियंका र आर्यनका अलावा अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरविर पण्डित लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । सुरेश बज्रचार्य फिल्मका छायाँकार हुन् ।