मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फ्राइडे रिलिज : हलमा सलमान खानको राज

फिल्मीखबर, काठमाण्डौ, 2017/12/22
 
यो हप्ता फ्राईडे रिलिज अन्तगर्त विना प्रचार राजेश ढुङ्गाना अभिनीत नेपाली फिल्म ‘ब्याड ब्वाई’ प्रदर्शनमा आएको छ । बलिउड स्टार सलमान खान र कैटरीना कैफ स्टारर फिल्म ‘टाइगर जिन्दा हे’का कारण यो फिल्मले प्रदर्शनका लागि आधा दर्जन मात्र सिंगल हल पाएको छ । नेपालका अधिकांश मल्टिप्लेक्स र सिंगल हलमा भने सलमानकै राज छ । 
 
प्रायः बलिउडका तीन खानसँग फिल्म जुधाउन डराउने नेपाली निर्माताहरु यसपटक पनि सलमानको ‘टाइगर जिन्दा हे’का कारण कुना पसेका छन् । प्रत्येक हप्ता दुईभन्दा बढी नेपाली फिल्मको भिडन्त हुने गरेपनि यो हप्ता सलमानको फिल्मले लगभग सोलो रिलिजको मौका पाएको छ । भारतसँगै नेपालमा पनि सलमानको ठूलो मार्केट भएका कारण ‘टाइगर जिन्दा हे’ले नेपाली बजारमा राम्रै पैसा छाप्ने धेरैको अनुमान छ । 
 
यसै वर्ष प्रदर्शनमा आएको सलमानको 'ट्युबलाइट' बक्स अफिसमा असफल भएको थियो । नेपालमा गोपीकृष्ण मुभीजले वितरण गरेको ‘टाइगर जिन्दा हे’ले ८० बढी सिंगल र अधिकांश मल्टिप्लेक्समा उच्च शो पाएको छ । एडभान्स बुकिङ आक्रामक देखिएको यो फिल्म करीब १ सय ५० करोड लागतमा निर्माण भएको हो । संसारभरी यो फिल्म ५ हजार ७ सय बढी स्क्रिनमा प्रदर्शनमा आएको छ । 
 
अलि अब्बास जफार निर्देशित ‘टाइगर जिन्दा है’लाई आदित्य चोपडाले निर्माण गरेका हुन् । यो फिल्म २०१२ मा रिलिज भएको कबीर खान निर्देशित सुपरहिट फिल्म 'एक था टाइगर'को सिक्वेल हो । यो फिल्मको तेस्रो सिक्वेलको समेत घोषणा भइसकेको छ ।