मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लालपूर्जा’ ट्रेलरमा सौगातको यस्तो अवतार

फिल्मीखबर, काठमाण्डौ, 2017/12/21
 
माघ ४ गतेबाट प्रदर्शनमा आउन लागेको सौगात मल्ल स्टारर फिल्म ‘लालपूर्जा’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको कमेडी ट्रेलर सार्वजनिक गरिएको हो । फिल्मको ट्रेलरमा प्रेम, रोमान्स, द्वन्द्व, अवरोधको कथा देखाइएको छ । ट्रेलरमा नायक सौगात र विपिन कार्कीको विल्कुलै फरक अवतार देख्न सकिन्छ ।
 
सौगातले आफ्नो घाँटीमा भ्यान्टाको माला लगाएका छन् । ‘छड्के’ मार्फत् निर्देशनमा डेब्यु गरेका निगम श्रेष्ठको दोस्रो फिल्म ‘लालपूर्जा’मा सौगात र विपिनका अलावा मेनुका प्रधान, मिरुना मगर, हरिहर शर्मा, कामेश्वर चौरासिया, कमलमणी नेपाल, अनिल पाण्डे लगायतका कलाकारहरु पनि अभिनय छ । 
 
फिल्ममा दुई दाजुभाइको लालपूर्जाकै कारण उत्पन्न द्वन्द्वलाई देखाइएको छ । मिस्टिक ड्रामा भनिएको ‘लालपूर्जा’मा लेखक कुमार नगरकोटी र नायिका सृष्टि श्रेष्ठ पनि विशेष भूमिकामा देखिँदैछन् ।
 
सुजित बिडारीले पटकथा लेखेको यो फिल्मका छायाँकार नरेन्द्र मैनाली हुन् । नेगेटिभ बुद्धको व्यानरमा निर्मित फिल्ममा लोकेश बज्राचार्यको सम्पादन, बिक्रमसिंह थारु र उमेश श्रेष्ठको लगानी छ ।
 
भिडियो :-