मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘राते काइला’को ‘शेरबहादुर’ टीजर सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2017/12/21
 
माघ १९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘शेरबहादुर’को टीजर सार्वजनिक भएको छ । सार्वजनिक टीजरमा प्रेम, रोमान्स, एक्सन र थ्रिलर बिषयबस्तु समेटिएका छन् । ‘शेरबहादुर’लाई आर राजवंशीले निर्देशन गरेका हुन् । धिराज प्रोडक्सनको व्यानरमा निर्मित यो फिल्ममा प्रमोद क्षेत्रीको कथा छ । 
 
गौरीशंकर धुनुजु र धिराज राजवंशीको लगानी रहेको फिल्ममा कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको छ । फिल्ममा सुनिल थापा, कर्मा, मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ । फिल्ममा ‘राते काइला’ उर्फ सुनिल थापाले 'शेरबहादुर'को भूमिका निर्वाहा गरेका छन् ।
 
‘शेरबहादुर’ एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको फिल्म हो । ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईको सह-निर्देशन रहेको फिल्मका सिनेम्याटोग्राफर दीर्घ गुरुङ हुन् । यो फिल्मको करीब ८० प्रतिशत छायांकन एक भव्य सेट तयार गरिएर खिचिएको हो ।
 
भिडियो :-