मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘राज्जा रानी’मा लात्ती र झापड धेरै खाएँ : केकी

फिल्मीखबर, काठमाण्डौ, 2017/12/21
 
आजकल फिल्ममा अभिनय गर्दा कतिपय दृश्यमा प्रविधि अनि डमीको सहायता लिइने गरिन्छ । तर, केही कलाकार भने फिल्ममा जीवन्त अभिनय गर्न रियलमै जोखिम मोल्न तयार हुन्छन् । यस्तै, पुष २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘राज्जा रानी’को सुटिङको क्रममा नायिका केकी अधिकारीले कैयौं पटक लात्ती र झापड खाएको रहस्य खोलेकी छिन् । 
 
हाल प्रमोसनका क्रममा जनकपुर, बिरगन्ज, नेपालगन्ज र पोखरा लगायतका शहरको दौडाहामा रहेकी केकीले बिराटनगरमा पत्रकारमाझ फिल्ममा अभिनय गर्दाको कष्टकर दिन सम्झिइन् । उनले भनिन्, ‘मैले यो फिल्ममा अभिनय गर्दा रियलमै धेरैपटक लात्ती र झापड खाएकी छु । तर, फिल्म राम्रो बनेका कारण ती दुःखका दिन सबै विर्सिएकी छु ।’ 
 
उनले जीवनमा कहिले हिलो नटेकेको भएपनि ‘राज्जा रानी’मा जीवन्त अभिनय गर्न हिलोमा नाचेको, डुबेको र धुलोमा अभिनय गरेको बताइन् । यस्तै, नायक नाजीर हुसेनले पनि फिल्ममा अभिनय गर्दाको कष्ट खुलेरै बताए । उनले भने, ‘फिल्ममा कतैपनि कृत्रिमता नआवोस् भन्नका लागि केकी र मैले धेरै जोखिम मोलेका थियौं ।’
 
बाल विवाह र दाइजो प्रथाको विषयमा निर्माण भएको यो फिल्म नेपाली र मैथिली भाषामा एकसाथ प्रदर्शन हुँदेछ । यम थापाले निर्देशन गरेको ‘राज्जा रानी’लाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् । 
 
यो फिल्ममा केकी र नाजीरका अलावा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको पनि अभिनय छ ।