Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अभिनेत्री जल शाहलाई मातृ शोक

फिल्मीखबर, काठमाण्डौ, 2017/12/21
 
नेपाली फिल्मकी चर्चित नायिका जल शाहलाई मातृ शोक परेको छ । ७५ वर्षिय शाहकी आमा प्रेमा शाहको बिहीवार अमेरिकाको साल्ट लेक सिटी स्थित ईन्टर माउन्टेन हस्पिटलमा निधन भएको हो । साहित्यकार समेत रहेकी प्रेमा लामो समयदेखि छोरी जलसँग अमेरिकामा बस्दै आइरहेकी थिइन् । 
 
आफ्नी आमा प्रेमाको चाहनाअनुसार यादव खरेलको फिल्म ‘श्री स्वस्थानी’बाट जलले नेपाली फिल्ममा पाइला राखेकी थिइन् । जलको आमाप्रति नेपाली चलचित्रकर्मीले श्रद्धाञ्जली तथा परिवारप्रति सहानुभूति प्रकट गरेका छन् । 
Most Visited News (monthly)