फागुन ११ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘रोमियो एण्ड मुना’को ‘स्यान्डवीच मी’ गीतको भिडियोमा सेन्सर लागेको छ । भिडियोलाई धेरैले भल्गर भनेका छन् । गीत सार्वजनिक कार्यक्रममा नायक विनय श्रेष्ठले दुई विकिनी गर्लसँग इन्ट्री मारेपछि निर्माण पक्षले खुब आलोचना खेप्नु परेको थियो ।
युट्युवमा सिमित उमेर समुहलाई हेर्न मिल्ने गराइएको गीतको भिडियोलाई टेलिभिजन च्यानलहरुले प्रशारण गर्न अस्विकार गरेका छन् । किन लाग्यो त ‘स्यान्डवीच मी’ गीतको भिडियोमा सेन्सर ? फिल्मका निर्माता प्रसन्न गोपाली भन्छन्, ‘भल्गर भयो भन्ने कुरा आएको छ ।’ उनका अनुसार, भिडियोलाई युट्युवमा निटाइजेशन पनि गरिएको छैन ।
निर्देशक नरेश कुमार केसी भने रोमियाको क्यारेक्टर अनुसारकै उक्त गीतको भिडियो बनाइएको दाबी गर्छन् । निर्देशक केसी भन्छन्, ‘गाउँकी मुना र शहरको रोमियो बिचको कथा हो । त्यसैले दुवैको पृष्ठभूमि भिन्न छ । जुन गीतमा पनि भिन्नता देखिन्छ ।’ फिल्ममा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ शिर्ष भूमिकामा प्रस्तुत भएका छन् ।
यो फिल्ममा लोकेन्द्र बज्रचार्यको सम्पादन, गौरव डागोन्कर, कोशिश क्षेत्री, कालीप्रसाद बाँस्कोटा र अर्लको संगीत, प्रताप सिंह, रेनशा राई, राजिव समरको कोरियोग्राफी छ ।
शहरिया युवा र ग्रामिण युवती बिचको प्रेमकथा बोल्ने ‘रोमियो एण्ड मुना’लाई प्रसन्न गोपाली, रामशर्मा, कविनशाक्य र नायक विनय श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्मलाई दिपाङकर सिक्देर र बाबु श्रेष्ठले खिचेका हुन् ।
भिडियो :-