Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

हेर्नुहोस्, ‘मिस्टर झोले’ खिच्दाका रमाइला तश्विर

फिल्मीखबर, काठमाण्डौ, 2017/12/20
 
करीब एक हप्ता अगाडि सार्वजनिक भएको फिल्म ‘मिस्टर झोले’को ट्रेलरलाई युट्युबमा ७ लाखभन्दा बढी पटक हेरिसकिएको छ । ट्रेलरले फिल्मको हाइप बनाउँदै गर्दा ‘मिस्टर झोले’ सुट गर्दा खिचिएका केही रमाइला तश्विरहरु बाहिर आएका छन् । 
 
 
फिल्मीखबर डटकमलाई प्राप्त तश्विरमा फिल्मका कलाकारहरु आ-आफ्नो भूमिकालाई न्यायपूर्वक निर्वाहा गर्न तल्लिन देखिन्छन् । निर्देशक रामबाबु गुरुङ एक्सन-कटमा व्यस्त देखिएका छन् । नायिका वर्षा राउत झ्यालबाट कसैलाई हेरेर मुस्कुराइरहेकी छिन् भने नायक दयाहाङ राईलाई नायिका दीया पुनसँग मस्ती मूडमा देख्न सकिन्छ ।  
 
 
२०७० सालमा निर्माण भएको निर्देशक दीपेन्द्र के. खनाल निर्देशित तथा टेकेन खड्काको निर्माणमा बनेको फिल्म 'झोले' टाईटल ब्रान्डलाई प्रयोग गरि टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा ‘मिस्टर झोले’ निर्माण गरेको हो । 
 
 
'कबड्डी', 'कबड्डी कबड्डी', 'पुरानो डुंगा' फिल्मका निर्देशक रामबाबु गुरुङ निर्देशित यो फिल्ममा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय रहेको छ । 
 
 
रौनक बिक्रम कँडेल कार्यकारी निर्माता रहेको यो फिल्मलाई शैलेन्द्र डी. कार्कीले छायांकन गरेका हुन् । यो फिल्म पुष २८ गतेबाट प्रदर्शनमा आउँदैछ । 
Most Visited News (monthly)