
यस वर्ष प्रदर्शनमा आएको बलिउड स्टार अक्षय कुमार अभिनीत फिल्म ‘ट्वाईलेट : एक प्रेम कथा’ बक्स अफिसमा जर्बजस्त हिट सावित भयो । सामाजिक मुद्धामा बनेको यो फिल्मलाई संसारका सबैभन्दा धनी व्यक्ति बिल गेट्सले पनि तारिफ गरेका छन् ।
आफ्नो ट्विटर अकाउन्टमा उनले फिल्मको तारिफ गर्दै लेखेका छन्, ‘‘ट्वाईलेट : एक प्रेम कथा’, न्यूली म्यारिड कपलमाथी आधारित बलिउड फिल्म हो । जसले दर्शकलाई भारतको स्वच्छतासँग जोडिएको चुनौती देखाइएको छ ।’

यो फिल्ममा गाउँमा ट्वाइलेट नभएपछि महिलालाई हुने समस्या देखाइएको छ । फिल्मले उठाएको विषयलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत तारिफ गरेका थिए । ‘ट्वाईलेट : एक प्रेम कथा’लाई नारायण सिंहले निर्देशन गरेका हुन् ।
अक्षय कुमार, भूमि पेडनेकर, अनुपम खेर, सना खान लगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको फिल्मको कथा र पटकथा सिद्धार्थ-गरिमाले लेखेका हुन् ।

