Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘हैरान’मा सत्यले खाए २५ हजारको पान

फिल्मीखबर, काठमाण्डौ, 2017/12/20
 
विश्वकै कान्छा निर्देशक घोषित भएका सौगात विष्ट निर्देशित फिल्म ‘हैरान’को डबिङ सकिएको छ । गायक तथा अभिनेता सत्यराज आचार्यको डबिङ गरेसँगै निर्माण टीम अब अन्य प्राविधिक कार्यमा जुटेको छ । निर्देशक विष्टका अनुसार, फिल्मलाई कमेडी जनरामा तयार पारिएको छ । यसअघि सौगातले ‘लभ यु बाबा’ बाट फिल्म निर्देशनमा डेब्यु गरेका थिए । 
 
फिल्ममा सत्यसँगै गजित विष्ट, मोहमद वसिम राजा, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय रहेको छ । डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन् ।
 
फिल्मका कलाकार तथा गायक सत्यराज आचार्यले ‘हैरान’ राम्रो बनाउन आफूले झन्डै २५ हजारको पान मात्र खाएको बताए । उनले भने, ‘मेरो क्यारेक्टर अनुसार नै पान पनि खाएको हुँ र डबिङ गर्दा पनि यसलाई ध्यान दिएको छु । मैले गरेका अभिनयमा आफैंलाई मन परेको एक क्यारेक्टर ‘हैरान’को पनि हो ।’ यस्तै, निर्माता तथा नायक गजित बिष्टले ‘हैरान’लाई राम्रो बनाउन कुनै कसर बाँकी नराखेको बताए । 
 
फिल्ममा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द्व चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् । नवराज उप्रेती र निरज कँडेलले फिल्म खिचेका हुन् । 
Most Visited News (monthly)