मिति : २०८१ वैशाख १६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यसरी खिचिदैछ सुशीलको ‘लभ डायरिज’

फिल्मीखबर, काठमाण्डौ, 2017/12/20
 
फिल्म ‘लभ डायरिज’को हाल चितवनको सौराहामा धमाधम छायांकन भैरहेको छ । ६० देखि ७० प्रतिशत छायांकन चितवनमा हुने यो फिल्मलाई सौरभ चौधरीले निर्देशन गरिरहेका छन् । उनले ‘लभ डायरिज’का लागि आफूले झन्डै २ वर्षदेखि तयारी गरेको बताए ।  
 
फिल्ममा सुशील श्रेष्ठ, रुबिना थापा, विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीे लगायतका कलाकारहरुको अभिनय छ । चितवनमा सुशील र रुबिनाको एक्सन-कटमा व्यस्त देखिएका निर्देशक चौधरीले भने, ‘युवा-युवती बीचको माया-प्रेम र कमेडीलार्इ फिल्ममा समावेश गरेका छौं । फिल्म मनोरञ्जनात्मक मात्र छैन सन्देशमुलक पनि छ ।’   
 
नायक सुशील श्रेष्ठले फिल्ममा आफूले विदेशमा बसेर खाली मोजमस्तिमा तल्लिन हुने केटाको भूमिका निर्वाहा गरेको बताए । उनी भन्छन्, ‘विदेशबाट बुवाको बिजनेस हेर्न नेपाल आउँछु, यही सेरोफेरोमा कथा घुमेको छ ।’ उनले यो फिल्मका लागि दाह्री र कपाल निकै लामो बनाएका छन् । 
 
 
फिल्मीखबर डटकमलाई प्राप्त तश्वीरमा नायक श्रेष्ठ टावेल मात्रै बेरेर आफ्नो सिक्स प्याक शरीर प्रष्टै देखाइरहेका छन् । यसअघि ‘होस्टल रिटन्स,’ ‘सायद २’ र ‘कारखाना’ फिल्ममा अभिनय गरिसकेका उनको यो चौथो फिल्म हो ।  
 
नव-नायिका रुबिना थापाको भने ‘लभ डायरिज’ डेब्यू फिल्म हो । नायिका थापाले फिल्मको बारेमा नसोचेको भएपनि काम गर्न पाउँदा रमाईलो महशुस गरेको बताइन् । 
 
 
यो फिल्ममा साहिल र मिलन श्रेष्ठको सम्पादन, सञ्जय लामाको छायांकन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । ‘ईइस्टेर इन्टरटेनमेन्ट’को व्यानरमा निर्माण भइरहेको लभस्टोरी फिल्ममा विनोद सापकोटाको निर्माण र सरोज तुलाधरको सह-निर्माण छ ।