Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

४ करोड पटक हेरिने पहिलो नेपाली गीत बन्यो ‘कुटुमा कुटु’

फिल्मीखबर, काठमाण्डौ, 2017/12/19
 
छोटो समयमै एक, दुई र तीन करोड हुँदै फिल्म 'दुई रुपैयाँ'को लोक लयको ‘कुटुमा कुटु’ बोलको गीतलाई युट्युबमा चार करोडभन्दा बढी पटक हेरिएको छ । यो भ्यूज आजसम्म कुनै पनि नेपाली गीतले युट्युबमा प्राप्त गर्न सकेका छैनन् । हुनत, रेकर्ड तोड्नकै लागि बन्ने हो र ‘कुटुमा कुटु’को यो रेकर्ड पनि एकदिन नेपाली गीत नै तोड्ने पक्का छ । 
 
तर, नेपालको जनसंख्याभन्दा पनि बढी भ्यूज पाएको यो गीत नेपालमा सर्वाधिक रुचाइएको गीतमध्ये पहिलो स्थानमा पर्दछ । ६ महिनामा यो गीतलाई युट्युबमा चार करोड पटक हेरिएको हो । गीतलाई १ लाख ४० हजार लाइक र १८ हजार डिसलाइक मिलेको छ भने झन्डै साढे ९ हजार कमेन्ट प्राप्त भएको छ । अहिले युट्युब गीत र फिल्मलाई कतिले मन पराए कतिले पराएनन् भन्ने कुरा मापन गर्ने यन्त्र जस्तै बनेको छ । 
 
असिम शाहको निर्देशनमा तयार भएको 'दुई रुपैयाँ'को यो गीतमा निर्देशक निश्चल बस्नेत, आशिफ शाह र नायिका स्वस्तिमा खड्काले नृत्य गरेका छन् । गीतमा राजनराज सिवाकोटीको शब्द-संगीत र स्वरमा राजनराजलाई मेलिना राई र राजन ईशानले साथ दिएका छन् । 
 
यसअघि राजनराजकै संगीतमा बनेको 'सुर्के थैली खै' र 'पूर्वपश्चिम रेल' गीतले युट्युबमा करोड भ्युज पाइसकेका छन् । 
 
भिडियो :-
 

Most Visited News (monthly)