Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आँचल पलसँग, दीपक प्रियंकासँग मात्रै किन ?

मनिष अन्जान, काठमाण्डौ, 2017/12/19
 
नेपाली फिल्ममा कमै यस्ता जोडी छन्, जो पटक-पटक पर्दामा दोहोरिरहन्छन् । हुनत, दर्शकले मनपराएपछि नै हो एकपछि अर्को फिल्ममा एउटै जोडी दोहोरिरहनु । तर, एउटा नायक वा नायिकाले नयाँ कलाकारसँग जोडी बाँध्न पनि आवश्यक छ । एउटै कलाकारसँग बारम्बार पर्दामा देखिरहँदा दर्शकले खासै नयाँ स्वाद चाख्न पाउँदैनन् । 
 
नेपाली फिल्ममा यस्ता दुई जोडी छन्, जसलाई एकपछि अर्को फिल्ममा दर्शकले साथ-साथमै देखे । नायक पल शाह र नायिका आँचल शर्मा अनि दीपकराज गिरी र प्रियंका कार्की । आफ्नो डेब्यू फिल्मदेखि आँचलले अहिलेसम्म पलबाहेक अरु हिरोसँग रोमान्स गरेकी छैनन् । 'नाइँ नभन्नू ल ४' र 'जोनी जेन्टलम्यान'मा पल र आँचलले सँगै काम गरे । रिलमा मात्र होइन यो जोडीलाई रियलमा पनि मनपराउनेहरु उतिक्कै छन् । 
 
प्रेम सम्बन्धमा रहेको पटक-पटक हल्ला चलेपछि आफूहरु साथी मात्र रहेको बताउने आँचल आफ्नो तेस्रो फिल्म पनि पलसँग नै गरिरहेकी छिन् । फिल्म 'शत्रु गते'मा यो जोडीले अनस्क्रिन रोमान्स गरेका छन् । किन एकपछि अर्को फिल्ममा पलसँग मात्र तपाईको जोडी बाँधिन्छ ? भन्ने प्रश्नमा आँचल भन्छिन्, ‘सायद हाम्रो जोडी राम्रो सुहाउँछ भन्ने लागेर हुन सक्छ । अनि, जति मलाई पलसँग काम गर्दा सहज हुन्छ त्यो अरुसँग खासै हुँदैन ।’ आँचलको यो कुरामा पल पनि सहमत छन् । 
 
यस्तै, दीपकराज गिरीको जोडी पनि एकपछि अर्को फिल्ममा नायिका प्रियंका कार्कीसँग मात्र बाँधिएको छ । लामो समय हास्यटेलिसिरियल 'तितो सत्य'मा दीपकराजको श्रीमतीको भूमिका दीपाश्री निरौलाले निर्वाहा गरेकी थिइन् । अझैपनि यो जोडीलाई धेरैले रियलमै श्रीमान-श्रीमती सम्झन्छन् । अहिलेसम्म ठूलो पर्दामा भने दीपकराज र दीपाश्रीको जोडी बाँधिएको छैन ।
 
 
'वडा नम्बर ६', 'छक्का पञ्जा' र 'छक्का पञ्जा २' मा दीपकराजको जोडी प्रियंकासँग मात्र बाँधियो । '६ एकान ६' मा काम गरेकी नायिका नीता ढुंगाना दीपक-दीपाको अन्य कुनैपनि प्रोजेक्टमा नदोहोरिदा प्रियंका भने बारम्बार दीपकसँग नै प्रस्तुत हुँदै आइरहेकी छिन् ।
 
यो जोडीलाई दर्शकले चौथौ पटक पनि पर्दामा देख्दैछन् । 'शत्रु गते'मा दीपकराज गिरी र प्रियंका कार्कीको नै जोडी बाँधिएको छ । हुनत, यसअघि यो फिल्ममा दीपकराजको जोडीको रुपमा नायिका वर्षा राउत हुने चर्चा थियो तर निर्देशक प्रदीप भट्टराईले पुनः प्रियंकासँग नै दीपकको रोमान्स पक्का गरे ।
 
'शत्रु गते' लगत्तै दीपा-दीपक 'छक्का पञ्जा ३' को तयारीमा जुट्दैछन् । दीपकले यो फिल्ममा पनि पुरानै कलाकार दोहोरिने घोषणा गरेका थिए । कतै पाँचौ पटक पनि दीपक प्रियंकासँगै देखिने त होइनन् ? यो प्रश्न यतिबेला सबैको मनमा उब्जिएको छ । 
Most Visited News (monthly)