मिति : २०८१ ज्येष्ठ १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

उदित नारायणको परिवारसँग निरुताको निकटता

फिल्मीखबर, काठमाण्डौ, 2017/12/19
 
एक समयकी सर्वाधिक सफल अभिनेत्री निरुता सिंह झन्डै एक दशकदेखि भारतमा बस्दै आइरहेकी छिन् । नेपाली फिल्ममा व्यस्तता कम नहुँदै उनी भारत पसेकी थिइन् । केही वर्ष अगाडिसम्म उनी विनाका कमै फिल्म हलमा लाग्थे तर वर्षौ भयो निरुता ठूलो पर्दाबाट निकै टाढा बसेकी छिन् । 
 
 
डेब्यु फिल्म ‘दक्षिणा’ बाटै लोकप्रियता बटुलेकी निरुताले ‘दर्पणछाया’, ‘लहना’, ‘आफन्त’ जस्ता दर्जनौं सुपरहिट फिल्ममा अभिनय गरेकी छिन् । केहीदिन अगाडि दुवईमा भएको 'दोस्रो म्यूजिक भिडियो अवार्ड'मा सहभागी भएकी उनले सशक्त भूमिका पाए मात्र फिल्ममा फर्किने बताएकी थिइन् । तर, अब उनलाई 'ठूलै रोल' मिल्न भने मुश्किल देखिन्छ । 
 
 
नेपाली फिल्मलाई सधै 'मिस' गर्ने बताउने निरुताको गायक उदितनारायण झाको परिवारसँग निकै सुमधुर सम्बन्ध छ । कुनै समय निरुता अभिनीत अधिकांश नेपाली फिल्मका गीतमा उदितले स्वर दिएका हुन्थे । वर्षौदेखि स-परिवारसहित भारतमा बस्दै आइरहेका उदितको प्रायः निरुतासँग भेट भइरहन्छ ।
 
 
निरुताका इन्स्टाग्राममा उदितसँगै उनकी श्रीमती दीपा नारायण झा र छोरा आदित्य नारायण झासँगका तश्वीरहरु प्रशस्तै भेटिन्छन् । उदितको घरमा हुने कुनै विशेष कार्यक्रममा निरुता छुट्दिनन् । हुनत, उदित र निरुता नेपाली नै भएका कारण पनि उनीहरुको सम्बन्ध प्रगाढ हुनु स्वभाविकै हो ।