मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

माघ १२ मा नरेनको ‘स्वर्ग मेरो गाउँ’

फिल्मीखबर, काठमाण्डौ, 2017/12/19
 
नायक नरेन खड्का अभिनीत फिल्म ‘स्वर्ग मेरो गाउँ’को प्रदर्शन मिति घोषणा गरिएको छ । यो फिल्मलाई माघ १२ गतेबाट प्रदर्शनमा ल्याइने निर्देशक तथा निर्माता रामकृष्ण बजगाइँले जानकारी दिए । गाउँलाई स्वर्ग बनाउन लागी परेका युवाको कथामा फिल्म निर्माण भएको छ । 
 
फिल्ममा नरेनका अलावा रामकृष्ण बजगाइँ, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, अष्ट महर्जन लगायतका कलाकारहरुको अभिनय छ । नायक नरेन खड्काले ‘स्वर्ग मेरो गाउँ’बाट आफ्नो फिल्मी करिअर उकालो लाग्नेमा आशावादी रहेको बताए । उनले भने, ‘यसपटक गाउँले युवकको भूमिकामा देखिँदैछु । राम्रो फिल्म बनेका कारण दर्शकले मनपराउनुहुन्छ भन्नेमा ढुक्क छु ।’ 
 
यसअघि नायक नरेनले ‘परदेशी’, ‘मन्दिरा’, ‘हमेशा’ लगायतका फिल्ममा अभिनय गरिसकेका छन् । पवन गौतमले खिचेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ । गोविन्द राई फिल्मका कोरियोग्राफर हुन् । ‘स्वर्ग मेरो गाउँ’को ट्रेलर र पोस्टर शुक्रवार सार्वजनिक हुँदैछ ।