मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निकितालाई चलचित्र संघको स्वागत

फिल्मीखबर, काठमाण्डौ, 2017/12/19
 
नेपाल चलचित्र विकास बोर्डकी नवनियुक्त अध्यक्ष निकिता पौडेललाई नेपाल चलचित्र संघले नयाँ कार्यकालका लागि बधाई दिँदै स्वागत गरेको छ । सोमवार संघको सभा कक्षमा एक कार्यक्रमका बीच निकितालाई चलचित्र संघका पदाधिकारीहरुले स्वागत तथा बधाई ज्ञापन गरे । 
 
कार्यक्रममा संघका अध्यक्ष प्रदीप कुमार उदयले खादा तथा टिका लगाएर अध्यक्ष पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । नवनियुक्त अध्यक्ष निकिताले आफू सदैव चलचित्र क्षेत्रको विकासमा निरन्तर लागी पर्ने र आफ्नो दुई वर्षे कार्यकालमा गर्ने सम्पूर्ण कार्य योजना छिट्टै सार्वजनिक गर्ने बताइन् । 
 
यस्तै, कार्यक्रममा संघ अध्यक्ष प्रदीप उदयले लामो समय फिल्म क्षेत्रमा नै सक्रिय परिवारकी एक सदस्य निकिता बोर्ड हाँक्न सक्षम व्यक्ति भएको बताए । उनले भने, ‘उहाँको विषयमा नकारात्मक टिप्पणी गर्नु भन्दा सम्पूर्ण चलचित्रकर्मी एक भएर उहाँले गर्ने चलचित्र क्षेत्रका हरेक विकास निर्माणको काममा सघाउन अनुरोध गर्दछु ।’ 
 
निकितालाई चलचित्र कलाकार संघ लगायतका केही फिल्म सम्बद्ध संघसंस्थाले पनि नयाँ कार्यकालका लागि बधाई दिँदै स्वागत गरेका छन् ।