मिति : २०८१ ज्येष्ठ १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लम्फू’को रिलिज कन्फर्म

फिल्मीखबर, काठमाण्डौ, 2017/12/19
 
नायक सलोन बस्नेत स्टारर फिल्म ‘लम्फू’को रिलिज मिति घोषणा भएको छ । अब यो फिल्म २०७५ बैशाख २८ गते रिलिज हुने निर्देशक गोपालचन्द्र लामिछानेले जानकारी दिए । छायांकनको लागि लामो समय लागेको यो फिल्ममा सलोनसहित कबिर खड्का, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, तरकारीवालीको नामले चर्चित कुशुम श्रेष्ठ लगायतको अभिनय रहेको छ ।
 
तरकारीवाली उर्फ कुशुमले पनि ‘लम्फू’बाट फिल्ममा डेब्यू गरेकी हुन् । कुशुम गत बर्ष संसारभर तरकारीवालीको नामले चर्चित बनेकी थिइन् । ‘लम्फू’ले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ, जसमा प्रेमकथा समेत गौण छ । यो फिल्म समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुबै बनाउँछ भन्ने कथामा बनेको निर्देशक लामिछानेले बताए । 
 
 
‘लम्फू’लाई पपुलर मल्टिमिडियाको लागि शक्तिबल्दब घोरासैनीले बनाएका हुन् । यो फिल्ममा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको लम्फूमा सम्पान हरि सिलवालको रहेको छ । फिल्ममा अर्जुन पोखरेलको संगीत रहेको चलचित्रका गीतमा प्रमोद खरेल, शिव परियार, दुर्घा खरेल लगायतको स्वर रहेको छ ।
 
‘लम्फू’को डिजिटल तथा अन्तराष्ट्रिय अधिकार हाईलाईट्स नेपालले लिएको छ । नेपालमा भने काठमाण्डौ उपत्यकामा स्टेशन फाईभ र मोफसलमा एफ. डि. कम्पनीले वितरण गर्नेछन् ।