मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

‘टाइगर जिन्दा हे’को टिकट मुल्य २५ सय

एजेन्सी, मुम्बई, 2017/12/19
 
सलमान खान यस वर्ष दोस्रो फिल्म लिएर आउँदैछन् । उनको पहिलो फिल्म 'ट्यूबलाइट' जूनमा प्रदर्शनमा आएको थियो । अब बलिउडका सुल्तान ‘टाइगर जिन्दा हे’बाट फेरि पर्दामा फर्किएका छन् । यो सिक्वेल यस वर्षको सबैभन्दा हिट सावित हुने विश्लेषकहरु बताउँछन् । फिल्म २२ डिसेम्बरमा रिलिज हुँदैछ । 
 
सलमान र कटरीना स्टारर ‘टाइगर जिन्दा हे’को एडभान्स बुकिङ सुरु भएको छ । फिल्म क्र‍िटिक तरण आदर्शले ट्विटरमा लेखेका छन्, ‘‘टाइगर जिन्दा हे’को धमाका सुरु भएको छ । फिल्मको एडभान्स बुकिङ सुरु भएको छ ।’ नेपालमा पनि मंगलवारबाट फिल्मको एडभान्स बुकिङ ओपन भइसकेको छ । 
 
सलमानको फिल्म र ईदको सार्वजनिक विदा भएका कारण मल्टिप्लेक्सका मालिकहरुले टिकटको मूल्य ह्वात्तै बढाएका छन् । धेरै सिनेमाघरमा फिल्मको टिकट मूल्य १ हजारदेखि २५ सयसम्म छ । फिल्मको न्यूनतम टिकट मूल्य २ सय रहेको छ । 
 
अलि अब्बास जफार निर्देशित ‘टाइगर जिन्दा है’लाई आदित्य चोपडाले निर्माण गरेका हुन् । यो फिल्म २०१२ मा रिलिज भएको कबीर खान निर्देशित सुपरहिट फिल्म 'एक था टाइगर'को सिक्वेल हो । यो फिल्मको तेस्रो सिक्वेलको समेत घोषणा भइसकेको छ ।